१५७ जना बोकेको इथियोपियन एयरलाइन्स दुर्घटना

Advertisement

काठमाडौं । इथियोपियन एयरलाइन्स बोइङ ७३७ केन्याको राजधानी नैरोबीतर्फ जाने क्रममा आइतबार अब्बाबा नजिकै दुर्घटनाग्रस्त भएको छ , बोले अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ८ः४४ बजे उँडेको फ्लाइट नम्बर ईट ३०२ को जहाज

कुल १४९ यात्रु र आठ जना चालक दलका सदस्य रहेको यो जहाज उडेको केही समयमै दुर्घटनामा परेको थियो । दुर्घटनास्थलमा अहिले उद्दार कार्य जारी रहेको समाचार बीबीसीले प्रकाशित गरेको छ । मानिसहरु जिवित रहेको कुरामा विश्वास गर्न सकिने ठाउँ नरहेको एयरलाइन्सको भनाई छ ।

दुर्घटनासँगै इथियोपियन सरकाले मृतकका परिवारप्रति समवेदना प्रकट गरेको छ । अफ्रिकाका एयरलाइन्सहरुमध्ये राम्रो सेवा प्रवाह गर्दै आएको इथियोपियन एयरलाइन्सले ठूलो एयरलाइन्स सेवा पनि हो ।

Advertisement

Advertisement

Advertisement