भारतले नेपाल राजस्व अनुसन्धान विभागका ५० कर्मचारीहरुलाई तालिम दिने

Advertisement

काठमाडौं । नेपाल सरकारको अनुरोधमा राजस्व अनुसन्धान विभाग, नेपालका ५० कर्मचारीहरुका लागि पाँच दिने विशेष तालिम आजबाट शुरु भएको छ । उक्त तालिम राजस्व चुहावटको अनुसन्धान तथा नियन्त्रण गर्न भारतको फरीदाबादमा नेश्नल एकेडेमी अफ कस्टोम्स, ईनडाईरेक्ट् ट्याक्सेस एण्ड न्यारकोटीक्स् (एनएसीआईएन)मा आज देखि सञ्चालन भएको हो ।

यस तालिम “भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम” अन्तर्गत भारत सरकारको पूर्ण सहयोगमा सञ्चालन गरिएको हो । यस पहलकदमी अन्तर्गत राजस्व अनुसन्धान विभाग, नेपालका कूल ५० कर्मचारीहरुलाई तालिम दिईनेछ । विभागका २५ कर्मचारीको दोश्रो टोलीले सोहि स्थानमा आफ्नो तालिम २०७५ चैत ११ गते देखि सुरु गर्ने विभागले जनाएको छ ।

यस तालिमले राजस्व अनुसन्धान विभागका कर्मचारीहरुको अनुसन्धान तथा छानबिन गर्ने क्षमता अभिवृद्धि गर्नुका साथै उनीहरुलाई वैधानिक अर्थव्यवस्थाबाट हुने राजस्व चुहावट नियन्त्रण तथा रोकथाममा थप प्रभावकारी तथा सुसज्जित बनाउन सहयोग गर्नेछ जसबाट राजस्व अनुसन्धान विभागको राष्ट्र निर्माण योगदानमा थप उर्जा मिल्नेछ ।

तालिमले अप्रत्यक्ष कर संकलन तथा औषधी कानुन प्रवर्तनको क्षेत्रमा एनएसीआईएन भारत सरकारको शीर्ष तालिम संस्था हो । विश्व भन्सार संगठन क्षेत्रका लागि यो संस्था मान्यता प्राप्त क्षेत्रीय तालिम केन्द्रको रुपमा रहेको छ । साथै, यस संस्थाले 'युएनडीपी', 'युएनओडीसी', 'एसएईसी'जस्ता अन्तराष्ट्रिय संगठनहरुसँग पनि काम गर्दै आएको छ । भारतको फरीदाबाद स्थित प्रधान कार्यालयसँग मिलेर एनएसीआईएनले १८ आञ्चलिक तथा क्षेत्रीय तालिम संस्था तथा केन्द्र मार्फत आफ्नो सेवा विस्तार गरेको छ ।

Advertisement

Advertisement

Advertisement