मेटलाईफले संयुक्त राष्ट्र संघीय संस्थामा समावेश

Advertisement

न्युयोर्क । मेटलाईफले ‘युएन ओमेन ग्लोबल इनोभेशन कलेक्सन’मा जोडिने आफु २४ औं कम्पनी र पहिलो बिमक भएको दावी गरेको छ ।

महिलाका लागि आविष्कारको बजार विकसित गर्ने तथा लैंगिक समानता तथा महिला सशक्तिकरणको उपलब्धिलाई बढाउने विषयमा केन्द्रित हुने उक्त गठबन्धन युएन ओमेन तथा निजी क्षेत्र, शैक्षिक तथा गैर मुनाफामुलक संस्थाका महत्वपूर्ण प्रतिनिधित्व भएको एक गतिशिल साझेदारी भएको जनाइएको छ ।

न्युयोर्क सिटिस्थित मेटलाईफको हेडक्वार्टरमा अन्तर्राष्ट्रिय महिला दिवस फोरममा उक्त घोषणा भएको हो । मेटलाइफ अमेरीकन लगानी रहेको बीमा कम्पनी हो ।

Advertisement

Advertisement

Advertisement