जनयुद्धकै शैलीमा सरकारी कार्यालयमा आक्रमण सुरु, भरतपुरको एक वडा कार्यालयमा विस्फोट

Advertisement

चितवन । तत्कालिन नेकपा माओवादी जनयुद्धकै शैलीमा सरकारी कार्यालयमा विस्फोट र आगजनीका घटना हुन थालेका छन् । अर्धभूमिगतरुपमा आन्दोलन गर्दै आएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीलाई नियन्त्रण गर्ने सरकारी निर्णयको भोलिपल्टै भरतपुरको एक वडा कार्यालयमा ग्यास सिलिण्डर विस्फोट गराई ध्वस्त पार्ने काम भएको छ ।

विस्फोटको जिम्मेवादरु कसैले नलिए पनि विप्लव माओवादीले नै घटना घटाएको अनुमान गरिएको छ । भरतपुर महानगरपालिका–५ को शान्तिचोक स्थित वडा कार्यालयमा गए राति ग्यास सिलिण्डर फिस्फोट गराउँदा कार्यालय अधिकांश क्षतिग्रस्त भएको छ । कार्यालयका महत्वपूर्ण कागजात जलेर नष्ट भएका छन् ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले राति ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । चितवन प्रहरी प्रमुख सुशिलसिंह राठौरका अनुसार टायरमाथि ग्यास सिलिण्डर राखेर आगो लगाइएको र पछि सिलिण्डर विस्फोट भएर कार्यालयमा ठूलो क्षति भएको छ ।

आगलागी भएपछि महानगरको दमकलसहित सुरक्षाकर्मी घटनास्थल पुगेर आगो नियन्त्रण गरेका थिए । घटनापछि जिल्ला प्रहरी कार्यालयले सुरक्षा सतर्कता बढाएको छ ।भरतपुर महानगरपालिका नकपा अध्यक्ष पुष्पकमल दाहालकी पुत्री रेणु मेयर रहेको क्षेत्र हो ।

Advertisement

Advertisement

Advertisement