काठमाडौंमा अब बन्ने सडकमा व्यवस्थित फुटपाथ बन्ने

Advertisement

काठमाडौं । उपत्यकामा सानाठूला सडकहरु धेरै छन् । सडक निर्माण गरिएपनि फुटपाथ व्यवस्था छैन । २०७० सालमा सडकको बारेमा पहिलो पटक फुटपाथ राख्नुपर्छ भन्ने योजना सार्वजिनक भएको थियो ।

२०७० पछि निर्माण भएका सडकमा फुटपाथको राखिएको छ । २०७० साल भन्दा पहिला निर्माण भएका सडकमा मात्र फुटपाथका साना तथा नभएको सडक विभागका सुपरिन्टेन्डिङ इन्जिनियर राजेन्द्र राज शर्माले जानकारी दिए ।

उनका अनुसार २०७० सालपछि निर्माण गरिएका सडकमा एक दशमलव ५ मिटर बराबरको फुटपाथ दायाँबाया राखिएको छ । आम मानिसको आवतजावतको चापको आधारमा फुटपाथ बढाउँदै लौजाने योजना छ । चावहिलदेखि बैद्ध सडक खण्ड, गैशाला, महाराजगञ्ज, पुतलीसडक सडक खण्डलगायत अन्य सडकमा घरहरु भत्काउनको लागि समय लाग्ने भएका कारण फुटपाथ निर्माण गर्न सकिएको छैन । घरहरु भत्काउनको लागि समय लाग्नेृ भएका कारण फुटपाथ निर्माण गर्नको लागि समय लाग्छ ।

उनि भन्छन्,‘कानुनी कारवाहीमा परेका घरहरुको मुद्दा चलिरहेका हुन्छन् । घर भत्काउनको लागि अदालतले अडर दिएको छैन । त्यसकारण सडक निर्माण गर्दै गरेको खण्डमा पनि फुटपाथ निर्माण गर्न सकिरहेको छैन । फुटपाथ बनाउने योजना नै ढिला आएका कारण सडकको फुतपाथ निर्माणको लागि अझै २–३ वर्ष लाग्छ ।

रिङ्ग रोड उपत्यका बाहिर जानको लागि बनाएको थियो । केही समयमा नै मानिसको चाप धेरै भयो । स्थानीयबासीहरुले प्रयोग गर्न थाले । फुटपाथको व्यवस्था तत्काल बनाउन सकिने अवस्था छैन । पुराना सडकमा फुटपाथ बनाउन घरहरु भत्काउनुपर्ने भएकाले फुटपाथका निर्माण केही समय लाग्ने उनले बताए ।

उपत्यकामा बाहिर जाने राजमार्गहरुमा पनि फुतपाथको व्यवस्था गरिएको छ । उपत्यका बाहिरका सडकमा फुतपाथ राख्ने योजना भईरहेको छ । ६ महिना पछि फुटपाथ राख्ने काम सुरु गरिने शर्माल जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement