चैत १५ गतेदेखि ज्योति र हाम्रो विकास बैंकको एकिकृत कारोबार हुने

Advertisement

काठमाडौं।  ज्योति विकास बैंक र हाम्रो विकास बैंकले चैत १५ गतेदेखि एकिकृत कारोबार गर्ने भएका छन् । ज्योति विकास बैंकले हाम्रो विकास बैंकलाई प्राप्ती गर्न लागेको हो ।ज्योति र हाम्रो विकास बैंकबीच गत असार ३१ गते प्राप्ती सम्बन्धी सम्झौता भएको थियो ।

नेपाल राष्ट्र बैंकले पुस १२ गते यी बैंकहरु एक आपसमा गाभिन अन्तिम स्वीकृति प्रदान गरेको थियो । अन्तिम स्वीकृति अनुसार हाम्रो विकास बैंकको प्राप्ती हुने अन्तिम दिनसम्म कायम रहेको सम्पूर्ण सम्पत्ति दायित्व तथा अन्य सम्भावित दायित्वहरु ज्योति विकास बैंकले सकार्नु पर्नेछ । एकिकृत कारोबार पश्चात ज्योति विकास बैंकको नामबाट कारोबार हुनेछ ।

हाम्रो विकास बैंकलाई प्राप्ती गरे पश्चात ज्योति विकास बैंकको केन्द्रिय कार्यालय बाग्मती अञ्चल, काठमाडौं जिल्ला, काठमाडौं महानगरपािलका वडा नं २८ कमलादीमा रहने जानकारी दिइएको छ ।

हाम्रो विकास बैंकको चुक्तापूँजी ५० करोड ४० लाख ५३ हजार रहेको छ भने ज्योति विकास बैंकको २ अर्ब ५९ करोड ३६ लाख ९ हजार रहेको छ । ज्योति विकासको कुल सम्पत्ति २८ अर्ब २७ करोड ३५ लाख १४ हजार र हाम्रो विकास बैंकको २ अर्ब ३९ करोड ६९ लाख ३ हजार रहेको छ ।

यी  सम्झौता अनुसार

Advertisement

Advertisement