तिनाउ र मिसन बैंकबीच गाभिने सम्झौता, सेयर कारोबार रोक्का

Advertisement

काठमाडौं । तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंक एक–आपसमा गाभिने भएका छन् । आइतबार एक समारोहमा यी दुवै बैंकबीच गाभ्नेरगाभिने ९मर्जर० सम्बन्धी प्रारम्भिक सम्झौता भएको हो ।

मर्जर सम्बन्धी सम्झौता भएसँगै यी दुवै बैंकको नेप्सेमा सेयर कारोबार रोक्का भएको छ । तिनाउ र मिसन गाभिएर अब प्रादेशिकस्तरको हुने भएका छन् । बैंकहरु गाभिएपछि तिनाउ मिसन विकास बैंकको नामबाट कारोबार गर्ने सम्झौता भएको छ ।

यस्तै, मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा हाल तिनाउको प्रमुख कार्यकारी अधिकृत रहेका प्रदिप कुमार श्रेष्ठलाई निरन्तरता दिइने भएको छ । हाल मिसनको सीइओ रहेका हरि प्रसाद धिमिरेलाई भने नायव सीइओको जिम्मेवारी दिइने छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म तिनाउको चुक्ता पुँजी ५० करोड ६ लाख ३४ हजार रुपियाँ छ । यो बैंकले १२५ बोनस सेयर वितरण गर्न लागेको छ । बोनस सेयर वितरणपछि यसको चुक्ता पुँजी ५६ करोड ७७ लाख ६७ हजार १०३ रुपियाँ पुग्नेछ । यता, मिसनको चुक्ता पुँजी ५७ करोड ६४ लाख रुपियाँ छ ।

Advertisement

Advertisement

Advertisement