उद्योग सञ्चालन गर्न २० वर्षसम्म सबै कर छुट दिने प्रदेश २ सरकारको निर्णय

Advertisement

काठमाडौं।  प्रदेश नं. २ मा उद्योग सञ्चालन गर्न २० वर्षसम्म सबै कर छुट दिने प्रदेश सरकार मन्त्री परिषद्ले निर्णय गरेको छ ।  जनकपुरमा सोमबार बसेको मन्त्री परिषदको बैठकले प्रदेश  नं. २ लाई समृद्धिको मार्गचित्रमा लैजान र उद्योगमैत्री वातावरण बनाउन यस्तो योजना ल्याएको हो।

परिषदले गरेको यस्तो निर्णयलाई नेपाल उद्योग परिसंघले स्वागत गरेको छ । अन्तरक्रिया कार्यक्रममा प्रदेश नं. २ का सम्पूर्ण मन्त्रीहरु, प्रदेश सभा सदस्यहरु, विभिन्न राजनीतिक दलका नेता लगायत सबै जिल्लाका उच्चस्तरीय सरोकारवालाको सहभागिता थियो । जसमा उद्योग र कृषि बीचको अन्तर सम्बन्धलाई प्रदेश सरकारबाट जोड दिइ लगानीमैत्री वातावरण तयार गरिनुपर्नेमा जोड दिइएको थियो ।

उद्योग खोल्न सहज रुपमा जग्गा उपलव्ध गराउने, प्रदेशभित्र उद्योग सुरक्षा इकाइ गठन गरी उद्योग सुरक्षा दिने, उद्योग दर्ता ३ घण्टामा पूरा गर्ने र उद्योग क्षेत्रभित्र नियमित विद्युत् प्रवाह गर्ने निर्णय समेत सरकारले गरेको छ।

 

Advertisement

Advertisement

Advertisement