वरुण वेभरेजमा नक्कली बिजक खरीद गर्ने म होइन्, अमित गुप्ता हुन्ः प्रविनकुमार अग्रवाल

Advertisement

काठमाडौं । वरुण वेभरेज नेपाल प्रा.लि.ले नक्कली बिजक प्रयोग गरी राजश्व छलि गरेको उक्त कम्पनीका वित्त प्रमुख प्रविनकुमार अग्रवालले स्वीकार गरेका छन् । 

उनले मूल्य अभिवृद्धि कर (भ्याट)को नक्कली बिल खरीद गर्ने पूर्व वित्तप्रमुख अमित गुप्ता भएको बयानमा बताएका हुन् । अग्रवाल भारतीय नागरिक हुन् । हाल उनी बरुण बेभरेजको उपाध्यक्ष छन् । 

Advertisement

आफू वरुण वेभरेज लिमिटेड भारतको कर्मचारी भएको र सो कम्पनीले यस बरुण बेभरज नेपालमा सञ्चालकको रुपमा नियुक्ति गरेर पठाएको भन्दै प्रविनकुमार अग्रवालले बयानमा कर छलिमा आफू निर्दोष रहेको बताएका छन् । 

कम्पनीले अग्रवाललाई सन् २०१९ जनावरी २० तारिखदेखि वित्त सञ्चालकको रुपमा जिम्मेवारी दिएको थियो । हाल उनी कम्पनीको सम्पूर्ण वित्तीय कारोवारहरुः खरीद, वित्त, लेखा, कर तथा भण्डार व्यवस्थापन लगायतका कार्यहरु गर्दै आएका छन्।  

अग्रवालले बयानमा भनेका छन्, ‘मालवस्तु खरीदको विषय वित्त सञ्चालक स्वयंले यस विषयमा हेर्ने भएकोले म अघि भएको कारोवारको विषयमा आफ्नो संलग्नता नभएको, कम्पनीले सबै कारोवार सही नै मानेर गरेको, वरुण वेभरेज (नेपाल) (स्थायी लेखा नं. ३०००४५४९५)को लगानीकर्ता प्रतिष्ठित बहुर्राष्ट्रिय कम्पनी वरुण वेभरेज लिमिटेड (भारत) रहेको हुँदा यस्तो प्रकारको नक्कली बिजकको कारोवारमा स्वयं तत्कालिन वित्त सञ्चालक अमित गुप्ता व्यक्तिगत रुपमा संलग्नता रहेका छन् ।’

यस्तो छ उच्च अदालत पाटनमा अग्रवालले दिएको बयानः

उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौडेल र नरिश्वर भण्डारीको संयुक्त इजलाशसमझ राजश्व चुहावट मुद्दामा प्रतिवादीहरु प्रविनकुमार अग्रवालले ईमान धर्मसम्झी गरेको बकपत्र–

सवाल नं.-१. तपाईको नाम थर वतन उमेर पेशा बुबा वाजेको नाम के हो खुलाई दिनुहोस् जबाफ नं.-१, मेरो नाम प्रविन कुमार अग्रवाल हो। बाजेको नाम चिम्मनलाल अग्रवाल,
बुवाको नाम श्री हरिमोहन अग्रवाल र आमाको नाम गितान्जली अग्रवाल हो। उमेर ५२ बर्षको भए। सिना मंगल स्थित वरुण वेभरेज (नेपाल) प्रा.लि.को वित्त हेर्ने सञ्जचालक हु । मेरो सम्पर्क नं. ९८०११४२५०८ हो । घर देश भारत B-21/501, TULIP IVORY SECTOR-70 GURGAON हो । हाल देश नेपाल ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं.९ भिस्टार अपार्टमेन्ट बालकुमारीमा बस्दै आएको छु । मेरो म्याद तामेल हुने ठेगाना घर देश भारत B-21/ 501, TULIP IVORY SECTOR-70 GURGAON र अस्थायी वतन देश नेपाल ललितपुर जिल्ला ललितपुर महानगरपालिका बडा नं.९ भिस्टार अपार्टमेन्ट बालकुमारी हो अहिले मैले अदालतमा लेखाएको म्याद तामेल हुने स्थायी वा अस्थायी वतन र मेरो सम्पर्क नं. परिवर्तन भएमा सोको जानकारी मैले अदालतलाई लिखित रुपमा दिनेछु ।
सवाल नं.-२. तपाईलाई आज यस अदालतमा किन उपस्थित गराईएको हो? खुलाई दिनुहोस। 

जवाफ नं.-२. राजश्व अनुसन्धान विभागका निर्देशक /अनुसन्धान अधिकृत किशोर नेपाल, गणपति कँडेल र राजेन्द्र प्रसाद कँडेल सेमतको प्रतिवेदनले वादी नेपाल सरकार प्रतिवादी म समेत भएको राजश्व चुहावट मुद्दामा मलाई मेरो नाममा सम्मानित अदालतबाट म्याद जारी भएको भन्ने थाहा जानकारी पाएर बयान कार्यका लागि उपस्थित भएको छु ।

सवाल नं.-३. यसभन्दा अगाडि कुनै फौजदारी अभियोगमा सजाय पाउनु भएको छ, छैन? खुलाई दिनुहोस्।
जवाफ नं.-३. यसभन्दा अगाडि कुनैपनि फौज्दारी कसूरमा सजाय पाएको छैन।

सवाल नं.-४. तपाई शारीरिक र मानसिक रुपमा स्वस्थ्य हुनुहुन्छ ? बयान दिन सक्नुहुन्छ ? खुलाई दिनुहोस् ।
अफ नं.-४ म शारीरिक र मानसिक रुपमा स्वस्थ नै छु । प्रस्तुत मुद्दामा बयान दिन
सक्छु ।

सवाल नं.-५. तपाईको पारिवारिक अवस्था, आर्थिक हैसियत र शैक्षिक स्तर खुलाई दिनुहोस् । जवाफ नं.-५. मेरो परिवारमा म.मेरो आमा, श्रीमती २ छोरा गरी जम्मा ५ जनाको परिवार छ। आर्थिक अवस्था राम्रो छ ।

सवाल नं.-६.तपाईले आफ्नो प्रतिरक्षाको लागि कानून व्यवसायी मुकरर गर्नु भएको छ छैन? खुलाई दिनुहोस्। जबाफ नं.-६. मैले आफ्नो प्रतिरक्षाको लागि कानून ब्यवसायी मुकरर गरेको छु ।

सवाल नं.-७.प्रस्तुत मुद्दाका जाहेरवालासँग तपाइको पुरानो रिसईवी, झै-झगडा, लेनदेन केही छ. छैन ? निजसंगको नाता सम्बन्ध खुलाई दिनुहोस । जवाफ नं.-७.जाहेरवालालाई चिन्दैन। निजसँग मेरो पुरानो, रिसईवी, झै-झगडा, लेनदेन केही छैन ।

सवाल नं.-८.तपाइले भनेका कुराहरु प्रस्तुत मुद्दामा प्रमाण लाग्ने र तपाइलाई नेपालको संविधानले आफ्नो विरुद्धमा बयान दिन कर नलाग्ने गरी अधिकार दिएको हुदाँ
प्रस्तुत मुद्दामा तपाइले बयान दिनुहुन्छ वा हुदैन खुलाइ दिनुहोस।

जबाफ नं.-८.मैले प्रस्तुत मुद्दामा बोलेका कुराहरु म विरुद्धमा प्रमाणमा लाग्ने कुरा जानकारी भयो। प्रस्तुत मुद्दामा बयान दिन्छु।

सवाल नं.-९. मिति २०७६।०९।०३ गते दर्ता भएको तपाई समेत भएको अभियोग पत्र लगाएका कागजातहरु पढीवाची सुनाईन्छ र कागजातहरु देखाईन्छ । उक्त अभियोग पत्रमा लेखिएको व्यहोरा ठिक हो ? होईन ? बताईदिनुहोस । यसमा के कसो भएको हो? सविस्तार खुलाई दिनुहोस। साथै तपाईको कम्पनीले के कस्ता सामानहरु आयात निर्यात गर्छ, के कुन काम गर्दछ ? सम्पूर्ण व्यहोरा खुलाईदिनुस।

जवाफ नं. ९.म अभियोगपत्रमा उल्लेख गरेको बरुण वेभरेजको वित्त हेर्ने सञ्चालकको हैसियतमा उक्त कम्पनीको काम गर्दै आएको छु । विशेष गरी मेरो कम्पनीले हल्का पेय पदार्थको उत्पादन, विक्रि वितरण गर्दै आएको छ । विशेष गरि पेप्सी, माउनटेन ड्यु, मेरिन्डा आदि पेय पदार्थको उत्पादन तथा विकि वितरण गर्दै आएको छ। यी पेय पदार्थको विक्रि नेपालमा मात्र गर्ने गरिन्छ।हामीले नेपाल सरकारलाई बुझाउनु पर्ने सम्पूर्ण राजश्व नेपालको कानून बमोजिम दाखिल गरिसकका छौ । अभियोग पत्रमा भने जस्तो नेपाल सरकारलाई तिर्नु पर्ने राजश्व चुहावट हामीबाट भएको छैन । अभियोग पत्रमा लेखेको व्यहोरा झुठ्ठा छ । हामीले नक्कली विज विजक बनाई कारोवार बनाईएको छैन । हामीले विक्रि प्रबन्धको लागि बजारमा विभिन्न किसिमका  स्किम लगायत अन्य क्रियाकलाप गरि विक्रि बढा काम गरका हो। विक्रि प्रबन्धन गर्ने क्रममा नेपाली बजारबाट विभिन्न सामानहरु खरिद गरिन्छ जसले नेपाल सरकारलाई राजध बढाउनमा सहयोग पुग्दछ । सामानको खरिद विक्रि वितरण गर्दा हामीले एकाउन्ट पेई चेक मार्फत बैकिङ्ग कारोवारबाट गर्ने गर्दछौ । यस कम्पनीमा म आउनु भन्दा अगाडी तत्कालिन वित्त सञ्चालक अमित गुप्ता थिए। अमित गुप्ताले पनि कम्पनीको कानून र रित पुर्याएर काम गरेका थिए। उनले पनि नेपाल सरकारलाई कानुन बमोजिम बुझाउनु पर्ने सवै किसिमका राजश्व बुझाएका नै थिए । मैले पनि कम्पनिको कानुन बमोजिम नै कार्य गरेको हुँ र गर्दै आईरहेको छु ।

सवाल नं.-१०. तपाइले मिति २०७६।०५।०४,२०७६।०७।१२ र मिति २०७६ । ०७ । २८ गते अनुसन्धान अधिकृत समक्ष गरेको बयान व्यहोरा पढिवाची सुनाईन्छ र सो बयान कागजमा गरेको सहिछाप समेत देखाईन्छ।उक्त बयान व्योहरा तपाईको हो होईन? र उक्त बयान कागजमा गरेको सहीछाप तपाईको हो होईन ? खुलाई दिनुहोस ।
जवाफ नं.- १०. मिति २०७६ । ०५ । ०४, मिति २०७६ । ०७ । १२ र मिति २०७६।०७।२८ गते गतेको अनुसन्धान अधिकारी समक्ष गरेको बयान व्यहोरा पढिवाची सुनाउदा सुनिपाए । यसमा अमित कुमार गुप्ताले झुठ्ठा तथा नक्कली बिल खरिद गरेको भन्ने व्यहोरा बाहेक अरु व्यहोरा मेरै हो । उक्त बयान कागजमा गरेको सहिछाप देखाउदा देखिपाए । बयान व्यहोरा र सहिछाप मेरो हो मैले भने बमोजिम लेखेको ठिक साँचो हो ।

सवाल नं.-११. अभियोगपत्रमा उल्लेख गरेका अरु प्रतिवादीहरु तपाईको कम्पनीको सम्बन्ध के हो ?
जबाफ नं.-११. अभियोग पत्रमा उल्लेखित प्रतिवादीहरु वरुण बेवरेजका प्रा.लि.का भुतपुर्व र वर्तमान सञ्चालक र कर्मचारीहरु हुन । उनीहरु र म विच कर्मचारी र
सञ्चालक मात्रै हो।

सवाल नं.-१२ तपाईले अभियोग पत्रमा भन्ने जस्तो मेरो कम्पनीले कार्य गरेको छैन भयो त्यसो हो भने तपाई उपर समेत विरुद्द किन अभियोगपत्र दायर गरेको होला?
जवाफ नं.-१२. यस सम्बन्धि मलाई थाहा छैन ।

सवाल नं.-१३. तपाई समेतलाई राजश्व अनुसन्धान विभागको मिति २०७६।०९।०३ को अभियोग पत्रमा तपाईले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण), २०५२ को दफा ३ ले निषेध गरेको कार्य गरी विगो रु.६४,९६,०२,३४०।- र मिति २०७६।०९ । २२ को संशोधित अभियोगपत्रमा उल्लेखित विगो रु.२,८५,६२,२२१।- समेत गरी जम्मा रु.६७,८१,६४,५६१।- (सतसट्टी करोड एकासी लाख चौसठ्ठी हजार पाँच सय एकसठ्ठी) राजश्व चुहावट गरेको अभियोजन गरी ऐ ऐनको दफा २३ (१) खण्ड (ख) (४) बमोजिम बिगो रकम कायम गरी असुल उपर तथा जरिवाना ऐव कैदको सजायको माग दावि लिई अभियोग पत्र दायर भएको छ । अभियोग माग दावि बमोजिम सजाय हुनु पर्ने हो होईन। खुलाई दिनुहोस् ।

जवाफ नं.-१३,अभियोग पत्र नै झुठ्ठा हो ।' त्यसैले अभियोग माग दावि बमोजिम मलाई सजाय हुन पर्ने होईन। अभियोग दाविबाट मलाई सफाई पाउनु पर्छ ।

सवाल नं.-१४.तपाईको साक्षी प्रमाण केही छ ? भए खुलाई दिनुहोस् ?
जवाफ नं.-१४, मेरो निम्न साक्षी राखी पाउँ।

मोरङ्ग जिल्ला विराटनगर महानगरपालिका वडा नं. २ बस्ने मधुसुदन ठाकुरकोक छोरा बर्ष ५३ को अरविन्द ठाकुर...

सवाल नं.-१५.तपाइको बयान कसो भयो त ?

जवाफ नं.-१५.मेरो बयान व्यहोरा मैले भने बमोजिम लेखिएको ठिक छ भनी सहीछाप
गर्ने ।

विभागलाई अग्रवालले दिएको बयान

आफू वरुण वेभरेज लिमिटेड भारतको कर्मचारी भएको र सो लिमिटेडले यस प्रा.लि.मा सञ्चालकको रुपमा नियुक्ति गरेर पठाएकोले यस प्रा.लि. मा २० जनावरी २०१९ देखि वित्त सञ्चालकको रुपमा कार्यरत रहेको। यस प्रा.लि.मा मुख्य रुपमा सम्पूर्ण वित्तीय कारोवारहरु जस्तै खरिद, वित्त, लेखा, कर तथा भण्डार व्यवस्थापन लगायतका कार्यहरु मेरो जिम्मेवारीमा रहेको । यस विभागबाट अनुसन्धान प्रकृया शुरु हुनुभन्दा अगावै निज अमित गुप्ताको राजिनामा प्रा.लि.को सञ्चालक समितिबाट स्वीकृती भएको।

 अमित गुप्तालाई खरिद वापतको भुक्तानी नगद फिर्ता दिएको/नदिएको विषय आफूलाई जानकारी नभएको र कारोवार नक्कली छ भन्ने थाहा पाएर निजलाई प्रा.लि. छाड्न नलगाएको। मालवस्तु खरिदको विषय वित्त सञ्चालक स्वयंले यस विषयमा हेर्ने भएकोले म अघि भएको कारोवारको विषयमा आफ्नो संलग्नता नभएको । 

प्रा.लि. ले सबै कारोवार सही नै मानेर गरेको। वरुण वेभरेज (नेपाल) प्रा.लि. (स्थायी लेखा नं. ३०००४५४९५) को लगानीकता प्रतिष्टित बहुराष्ट्रिय कम्पनी वरुण बेभरेज लिमिटेड (भारत) रहेको हुँदा यस्तो प्रकारको नक्कली बिजकको कारोवारमा स्वयं तत्कालिन वित्त सञ्चालक अमित गुप्ता व्यक्तिगत रुपमा संलग्नता भएको हुनसक्ने । तात्कालिन वित्त सञ्चालक अमित गुप्ताले झुट्टा तथा नक्कली कर बिजक लिएर कारोवार गरेको विषय प्रा.लि.लाई जानकारी नभए पनि त्यसको असर कर राजस्वमा पर्ने भएकोले उक्त करको दायित्व कानुन बमोजिम प्रा. लि. ले व्यहोर्ने भनी वयान गरेको ।

Advertisement

Advertisement