माछापुच्छ्रे बैंकको ऋणपत्र तथा बिक्री प्रबन्धकका लागि एनएमबि क्यापिटल नियुक्त

Advertisement

काठमाडौं । माछापुच्छ्रे बैंकले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकका लागि एनएमबि क्यापिटललाई नियुक्त गरेको छ। बैंकले 'माछापुछ्रे डिवेञ्चर – २०८५'को तीन अर्ब बराबरको ऋणपत्र बिक्री गर्नका लागि एनएमबि क्यापिटललाई नियुक्त गरेको हो।

 

नियुक्ति सम्बन्धि सम्झौतापत्रमा  बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा एनएमबि क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै बैंकले १० दशमलव २५ प्रतिशत ब्याजदरमा दश वर्ष अवधिका लागि उक्त ऋणपत्र जारी गर्न लागेको हो। ऋणपत्र निष्काशनका लागि बैंकले नेपाल राष्ट्र बैंकबाट आवश्यक अनुमाति प्राप्त गरीसकेको छ । साथै नेपाल धितोपत्र बोर्डबाट आवश्यक अनुमाति लिइ बैंकले विक्रीको लागि आवेदन खुल्ला गर्ने छ ।

Advertisement

Advertisement

Advertisement