निम्बसको वेयर हाउजिङ परियोजनामा भारतीय कम्पनीले २० अर्बको प्राविधिक सहयोग गर्ने सम्झौता

Advertisement

काठमाडौं । नेपाल वेयर हाउजिङ्ग कम्पनीलाई खाद्यान्नको वैज्ञानिक भण्डारणको लागि प्राविधिक पक्षमा भारतीय कम्पनी नेशनल कोलाटरल म्यानेजमेन्ट सर्भिसेज लिमिटेड (एनसिएमएसएल) ले सघाउने भएको छ। नेपाल वेयरहाउजिङ् कम्पनी र एनसिएमएसएलबीच कृषि उपज (खाद्यान्न) को वैज्ञानिक र सुरक्षित भण्डारण गर्न प्राविधिक सहयोग गर्नेबारे द्विपक्षीय सम्झौतामा शनिबार लगानी सम्मेलनको अवसरमा हस्ताक्षर भएको हो। सम्मेलनमा दुबै पक्षले २० अर्बको लगानी गर्ने सम्झौताकासाथ पत्रमा हस्ताक्षर गरेका छन् ।

यस नेपाल वेयर हाउजिङ्ग कम्पनीले नेपालको सुनसरी, पर्सा र कपिलबस्तु गरी तिनैै जिल्लामा १/१ वटा आधुनिक भण्डारण गृह (पहिलो चरण माधान, मकै र भटमासर, दोस्रो चरण माचामलको भन्डारण समेत गर्ने योजना रहेको) जसमा किसानले ल्याएको अन्नहरुलाई सफाई गरी उचित चिस्यानको व्यवस्थापन गरी, बैज्ञानिक तवरले सुरक्षित भण्डारण गर्नका साथै मण्डी र वेयर हाउजिङ रसिद प्रदान गरी लगानीको बित्तियकरण गराई दिने समेतको योजना ल्याएको छ ।

यस परियोजनाले बिभिन्न बैंकसँगको सझेदारीमा वेयर हाउजिङ्ग रसिदको सेवा उपलब्ध गराउने छ, जसअन्तर्गत किसानले ल्याएको अन्नको उचित मूल्याङ्गन गरी किसानलाई रसिद प्रदान गरिनेछ र किसानको अन्नको सुरक्षित भण्डारण गरिनेछ । किसानले सो रसिद कम्पनी कै हातामा रहेका बैंकमा बुझाई आफनो अन्नको मूल्यको ७०% सम्मको कर्जा लिन सक्ने छन् । यसो गर्दा किसानले आफनो अन्नको उचित मूल्य नपाउनजेलसम्म बिक्रि गर्न बाध्य नहुने जनाईएको छ ।

अन्नको व्यापारमा बिचौलियाहरुको प्रभावन्यूनिकरण गर्ने, माईक्रो बैकिङ्को सेवा प्रदान गर्ने, किसानको बित्तिय क्षेत्रको सेवाहरुमा पहँुच बढने, अन्न बजारको क्षमता बढने, किसानको बजार सम्मको पहुाच बढने, किसानको आय आर्जनमा बृद्धि हुने अन्नको व्यापार र बजारीकरणमा अनुगमन गर्न सरकारलाई सरल र सहज हुने, अन्न एकत्रीकरणका माध्यमबाट परियोजना संचालन हुने जिल्ला र सो जिल्लासँग जोडिएका जिल्ला लगायत अन्य क्षेत्र समेतमा कृषि केन्द्रित औद्योगिक क्षेत्रको रुपमा बिकासमा मद्दत पर्याउने र सोहि अनुरुप सरकारलाई कृषक माँझ कृषि काकार्यक्रमहरु पुर्याउन सहज र सरल हुने यस परियोजनाका प्रमुख बिशेताहरु रहेका छन् ।

भारतको नेशनल कोलेटरल म्यनेजमेण्ट कम्पनी भारतमा अग्रणी अन्न व्यवस्थापन कम्पनी रहेको छ । भारतका बिभिन्न आठल सयभन्दा बढी स्थानहरुमा यस कम्पनीले अन्न व्यवस्थापन सम्बन्धि सेवाहरु दिँदै आएको छ । यस क्षेत्रमा यस कम्पनीको अनुभव र कार्य दक्षता यस प्राबिधिक सहकार्यका मार्फत नेपाल वेयर हाउजिङ कम्पनीले नेपालमा भित्र्याउने छ । यसका साथै नेशनल कोलेटरल म्यनेजमेण्ट कम्पनीले निकट भबिष्यमा नेपाल वेयर हाउजि कम्पनीमा लगानी गर्ने आसय ब्यक्त गरेको छ ।

Advertisement

Advertisement

Advertisement