सर्वोच्च र उच्च न्यायालयका न्यायाधीस नियुक्तिका लागि २२ जना सिफारिस

Advertisement

काठमाडौं । न्याय परिषदले मंगलबा बसेको बैठकले सर्वोच्च अदालतका लागि पाँच जना र उच्च अदालतका लागि १७ जना न्यायाधीशहरु नियुक्तिका लागि सिफारिस गरेको छ ।

सर्वोच्चको न्यायाधीशका लागि सिफरिस हुनेहरुमा उच्च अदालतका मुख्य न्यायाधीशहरु प्रकाश ढुंगाना, सुष्मालता माथेमा, वरिष्ठ अधिवक्ता कुमार रेग्मी, अधिवक्ता हरिप्रसाद फुँयाल र अधिवक्ता मनोज शर्मा छन् ।

त्यसै उच्च अदालतको न्यायाधीसका लागि जिल्ला न्यायाधीशबाट ६, न्यायसेवाका विशिष्ट श्रेणीका अधिकृतबाट ३ र अधिवक्ताबाट ७ जना, साविक पुनरावेदन अदालतका पूर्व अतिरिक्त न्यायाधीश र उच्च अदालत विराटनगरका न्यायाधीश उमेशराज पौडेलको अवकाशपछि रिक्त पदका लागि अधिवक्ता अन्जु उप्रेती ढकाललाई नियुक्ति सिफारिस गरिएको छ ।

Advertisement

Advertisement

Advertisement