हिमालको फोहोर संकलन गर्न ग्लोवल कन्सर्न सेन्टर र एड्मायर नेपालबीच सम्झौता

Advertisement

काठमाडौं । ‘पृथ्वीमा जीवन रक्षाका लागि हिँउ बचाँउ’ भन्ने मुल नाराका साथ ग्लोवल कन्सर्न सेन्टर अफ् नेपाल र एड्मायर नेपालबीच सम्झौता भएको छ । एड्मार नेपालका अध्यक्ष निता पौडेल र ग्लोवल कन्र्सन नेपालका अध्यक्ष पिके शेपार्ले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सगरमाथा र अन्य हिमाली क्षेत्रमा आरोहरणका क्रममा गरिएको फोहर र त्यस आसपासका क्षेत्रमा रहेको फोहर ब्यवस्थापनका लागि सम्झौता गरेको एड्मायर नेपालले जानकारी दिएको छ । सम्झौता पछि नेपालको माउन्ट एभरेष्ट लगायत बिभिन्न ७ वटा हिमालहरुको सरसफाई गर्ने भएको छ ।

साथै नेपाल बाहिरका ६ वटा देशहरुमा रहेको हिमालहरुको समेत सरसफाई गरि फोहरहरु संकलन गर्ने भएको छ । संकलित फोहोरलाई ब्यवस्थित रुपमा ब्यवस्थापन गर्ने/गराउने कार्यमा सहकार्य गर्ने र दुवै पक्षले सगरमाथा हिमाललगायत कुन हिमालहरुको अरोहण गर्न के कति समय लाग्ने लगायतका जानकारी दिने भएको छ ।

सरसफाई पछि हिमालमा रहेको फोहोर व्यवस्थित हुने र स्वच्छ वातावरणको अनुभुती गर्न पाउने अध्यक्ष पौडेलले जानकारी दिएकी छिन । साथै, हिमालको हिउँ स्वच्छ र सफा भएमा वायुमण्डलमा स्वच्छ हावा बहने नेपाल विज्ञापन संघका पूर्व अध्यक्ष तथा वेलकम एड ग्रुपका अध्यक्ष निर्मल राज पौडेलले बताएका छन ।

Advertisement

Advertisement

Advertisement