होटल संघले हावाहुरी पीडितका लागि राहत कोष स्थापना गर्यो

Advertisement

काठमाडौं । होटल संघले बारा र पर्साका हावाहुरी पीडितका लागि राहत कोषको स्थापना गरेको छ । संघको हिजो बुधवार बसेको बैठकले संघको तर्फबाट राहत कोष स्थापना गरी सम्पुर्ण सदस्य लगायत इच्छुक व्यक्तिहरुलाई सहयोग लागि अनुरोध गरेको छ ।

हावाहुरीले ठूलोे जनधनको क्षति पुर्याएकोमा संघले दुख प्रकट गरेको छ । प्रभावित क्षेत्रका पीडित व्यक्ति तथा समुदायहरुलाई यथाशक्य छिटो राहत प्रदान गर्ने संघले जानकारी दिएको छ । राष्ट्रिय विपत्तिको यस दुखद् घडीमा सहयोग गर्न चाहने सबैलाई सिद्धार्थ बैंक लिमिटेडको खाता नम्बर ००४१५०८९२६८ मा राहत स्वरुप रकम जम्मा गर्न अनुरोध पनि गरेको छ ।

Advertisement

Advertisement

Advertisement