‘भँगरी चरी’लाई दर्शकले दिए यस्तो प्रतिकृया (भिडियोसहित)

Advertisement

काठमाडौं । लोकदोहोरी गायक तेजश रेग्मीको नयाँ गीत ‘भँगरी चरी’ सार्वजनिक भएको आठ दिनमा ट्रेन्डिङ नम्बर ३४ मा प्रवेश गरेको छ ।

‘भँगरी चरी’ बोलको गीतमा गायक रेग्मीले आफ्नी प्रेमिका हराउँदा उनको भोक निन्द्रा हराएको भन्दै बिलौना गरेका छन् । उनले यस गीतमा प्रेमिकाको रुप रंगको तारिफ गर्दै उनको आत्मा अनि प्राण प्रेमिका नै भएको कुरा उल्लेख गरेका छन् ।

यस गीतमा शब्द, स्वर र संगीत गायक रेग्मीकै रहेको छ भने महिला आवाज गायीका रिना के.सी.को रहेको छ । त्यसैगरी ‘ब्याकराउन्ड भोकल’ सुरेश रमण अधिकारी र जुना श्रीषको रहेको छ ।  उक्त गीतको भिडियोमा तेजस रेग्मी, सतिश अधिकारी, पुजन घिमिरे, संगम शर्माको अभिनय रहेको छ ।

एस थ्री के इन्टरटेन्मेन्टबाट युट्युबमा सार्बजनिक गरिएको यो गीत अहिलेसम्म तीन लाख २० हजार पाँच सय ७७ दर्शकको रोजाईमा परिसकेको छ ।  यस गीतको भिडियोको निर्देशन शिव बिकले गरेका छन् भने शम्भु चालिसेको छायांकन, र सुजन शाहीको सम्पादन रहको छ ।

यस गीतलाई दर्शकले अत्यधिक मन पराएको कमेन्टमा उल्लेख गरेका छन्।  रोशन श्रीष मगरले यस्तो प्रतिकृया दिएका छन् 'गीत जति सुने पनि सुनुसुनु लाग्ने तेसमा मोडेल दुबै को दमदार हाऊभाउ डान्स राम्रो भिडियो पनि हेरु हेरु लाग्ने ,शब्द तेस्तै मिलेको छ।' लोक गीतको पारखी को लागीसधै यस्तै गिट लिएर आउन उनले आग्रह गरेका छन् ।

त्यस्तै पछेउरि म्युजिकले पनि याे गित सार्वजनिक भएपछि हेरेकाे हेरै छु भएको प्रतिकृया दिएको छ भने अर्का दर्शक झविन्द्र बरालले यो गीत जति हेरे पनि धित नमर्ने बताएका छन्। भिडियो हेर्नुहोस:

[embed]https://www.youtube.com/watch?v=7Q85l4-AEvw[/embed]

 

Advertisement

Advertisement

Advertisement