सेयर बजारको सुधार टिकेन, नेप्से दोहोरो अंकले झर्यो

Advertisement

काठमाडौं । सेयर बजारमा यो साताको पहिलो र दोस्रो दिन देखिएको केही सुधार टिक्न सकेन् । मंगलबार सेयर बजार परिसुचक नेप्से १० दशमलव ५८ अंकले झरेको छ भने कारोबार पनि घटेर ७३ करोड रुपियाँमा सीमित भएको छ ।

आज धेरै कारोबार गर्नेमा नेको इन्स्योरेन्स अगाडि रहेको छ । यो कम्पनीको छ करोड ४१ लाख रुपियाँको सेयर किनबेच भएको छ । नाफा गर्नेमा नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका लगानीकर्ता अगाडि छन् भने घाटा खानेमा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ता छन् ।

आज कुनै पनि समूहका उपसुचकहरुमा सुधार आउन सकेन् । जीवन बीमा, निर्जीवन बीमा, उत्पादनमूलक र लघुवित्त समूहका उपसुचकहरु एक प्रतिशतभन्दा बढिले घटेका छन् भने बाँकीका उपसुचकहरुको गिरावट एक प्रतिशतभन्दा कम छ ।

Advertisement

Advertisement

Advertisement