बच्चादेखि युवासम्म बिगार्ने पब्जी गेममाथि सरकारले लगायो प्रतिवन्ध

Advertisement

काठमाडौं । विशेषगरी बच्चा र युवाहरुलाई प्रभावित बनाउँदै आएको पब्जी गेममाथि सरकारले प्रतिवन्ध लगाएको छ । पब्जी खेलको लतले उनीहरुमा मानसिक असर गरेको र आत्महत्यासमेत गर्ने गरेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले यस गेमलाई प्रतिवन्ध लगाएको हो ।

गेमले बच्चादेखि युवाहरुसम्म बिग्रिएको भन्दै प्रतिवन्ध लगाउन सरकारलाई दबाब बढेपछि सञ्चारमन्त्री गोकुल बास्कोटाले प्रतिबन्ध लगाउन प्राधिकरणलाई निर्देशन दिएका थिए । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले विभिन्न खालका समस्या बढेको गुनासो आएपछि पब्जी खेलमा प्रतिबन्ध लगाएको बताए । पब्जी इन्टरनेटमा खेलिने भिडियो गेम हो जुन दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोल मातहतको पब्जी कर्पोरेसनले उत्पादन गरेको हो ।

Advertisement

Advertisement

Advertisement