मंगलबारदेखि विदेशबाट फर्किएकाको निःशुल्क सीप परीक्षण र प्रमाणीकरण

Advertisement

काठमाडौं । सरकारले भोलि मंगलबारदेखि वैदेशिक रोजगारीबाट फर्किएकाहरुको सीप परीक्षण गर्ने भएको छ । यसअघि आवेदन दिइसकेका कामदारको भोलि मंगलबारदेखि बैशाख ७ गतेसम्म निःशुल्क सीप परीक्षण गर्ने तालिका तय भएको हो ।

सरकारले पहिलो पटक यसै आर्थिक वर्षमा वैदेशिक रोजगारीबाट फर्किएका एक हजार जना युवाको सीप परीक्षण गर्नेगरी आवेदन माग गरेको थियो । तर फारम भर्ने म्याद थपिंदा पनि साढे ४ सय जनाले मात्रै सीप परीक्षणका लागि निवेदन दिएका थिए ।

बैदेशिक रोजगारीबाट नेपाल फर्किएकाकाहरुलाई लक्षित गरि बैदेशिक रोजगारीको क्रममा सिकेको सीपको परिक्षण नेपालमा गरिन लागेको हो। विदेशमा रहंदा लिएको सिपको सीपको परिक्षण गरि प्रमाणीकरण पश्च्यात प्रमाणपत्र उपलब्ध गराउने लक्ष्य वोर्डले लिएको छ ।

सरकारले जारी गरेको सूचना अनुअसार २० वटा पेशाको प्रमाणिकरण गरिंदैछ । सीप प्रमाणिकरणको लागि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद, राष्ट्रिय सीप परीक्षण समितिलाई दिएको छ ।

विदेशमा विभिन्न काम गरी सीप आर्जन गरेर फर्किएकाहरुको सीप परीक्षण गरेर स्वदेशमा प्रमाणपत्र दिन लागिएको वैदेशिक रोजगार व्यवस्थापन बोर्डले जनाएको छ । यो परीक्षण पास भएर प्रमाणपत्र पाएपछि कामदारले स्वदेशमा रोजगारी पाउन सहज हुने र विदेश नै गएपनि राम्रो कमाइ गर्न सक्ने बोर्ड अपेक्षा छ ।

बोर्डले राष्ट्रिय सिप विकास समितिमार्फत निःशुल्क यो परीक्षण गराएको थियो । चैत २० गते प्रदेश नम्बर १ मा इटहरी, प्रदेश नम्बर २ मा चैत २२ गते महोत्तरीको बर्दिवास, चैत २२ मै प्रदेश नम्बर ३ मा चितवन, कर्णाली प्रदेशको सुर्खेत, सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलालीको धनगढी र चैत २६ गते भक्तपुरको सानोठिमीमासीप परीक्षण गर्ने कामदारलाई सहजीकरणका लागि अभिमुखीकरण आयोजना गरिएको थियो ।

कामदारले प्रयोगात्मक परीक्षा दिएर सीप परीक्षा पास गर्नुपर्छ । यस्तो सीपको प्रमाणपत्र लिएकालाई देशभित्रै आत्मनिर्भर बन्ने गरी स्वरोजगर बन्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

सरकारले सीप परीक्षण तह १ का लागि २० वटा पेशाको सीप प्रमाणिकरण गर्ने जनाएको छ ।यस अन्तर्गत विल्डिङ पेन्टर, सटरिङ कार्पेन्ट्री, असिस्टेन्ट व्युटिसियन, हाउसकिपिङ क्लिनर, रेफ्रिजेरेसन एण्ड एअर कण्डिसन जुनियर मेकानिक्स, एक्साभेटर अपरेटर, फर्निचर मेकर, स्टोन लेयर मेशन डकर्मी, असिस्टेन्ट वेटर र आर्क वेल्डरको सीप अमावेष गरिएको छ ।

त्यसैगरी स्टक्चरल फेब्रिकेटर, जुनियर प्लम्बर, विल्डिङ इलेक्ट्रिसियन, आल्मुनियम फेब्रिकेटर, सेक्युरिटी गार्ड, स्काप फोल्डर, इन्ड्रस्टियल इलेक्ट्रसियन, कमि तेस्रो र टेलरिङ पेशको सीप प्रमाणिकरण हुनेछ । औपचारिक शिक्षा नलिएकालाई पनि सीप परीक्षणमा पास भए लेभल(१ को कामदार सरह प्रमाणपत्र दिइनेछ ।

Advertisement

Advertisement

Advertisement