बिग ब्रदरको फ्रेन्चाइज 'बिग बोस' अब नेपालमा

Advertisement

काठमाडौं । नेदरल्याण्डको इन्डिमोल साइनद्वारा संचालित बिग ब्रदरको फ्रेन्चाइज बिग बोस नेपालमा औपचारिक रुपमा आइम्याक्स प्रोडक्सनले ल्याएको छ । यस कार्यक्रमको उद्वेश्य व्क्तिहरुको प्रतिभालाई सवैका माझ ल्याउनु तथा नेपाली चलचित्र उद्योगको विकासमा सहयोग पुर्याउनु हो ।

वैशाख २ गते होटल सोल्टीमा औपचारिक उत्सवको आयोजना गरि नेपालमा बिग बस औपचारीक रुपमा सुरु भएको जानकारी गराइएको छ । यो कार्यक्रम नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो फ्रेन्चाइज टिभि रियालिटि सो हुनेछ ।

आइम्याक्स प्रोडक्सनले कानुनी रुपमा बिग ब्रदर नेदरल्याण्डद्वारा फ्रेन्चाइजी अफिसियली रुपमा ल्याएको हो । नेपाल भित्रिएको यो रियालिटि सो नेपालकै एक नेपाली टेलिभिजन च्यानलबाट चाडैनै सुरु हुनेछ ।

यस सो मार्फत नेपाली चलचित्रको विकासमा सहयोग गर्नेे लक्ष्य पुरा हुने तथा यसले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुरयाउनेछ भन्ने विश्वास कम्पनीको छ । यस्तो कार्यक्रमले नेपाललाई विश्वमा चिनाउन समेत सहयोग पुग्नेछ ।

नेदरल्याण्डको इन्डिमोल साइनद्वारा ५४ देशमा सफलता पुर्वक संचालित बिग ब्रदर टिमको पुर्ण सहयोगले ५५ देश नेपालमा बिग बोस सफल बनाउने प्रतिबद्धता गरेको छ । देश अनुसार फरक–फरक भाषामा सञ्चलित भएको यो कार्यक्रम नेपालमा नेपाली भाषामै प्रषारण हुनेछ । यसरी सञ्चालन हुने कार्यक्रम विग ब्रदरकै संरचना अनुसार हुनेछ ।

यो कार्यक्रमको सञ्चालन नेपालको एक उत्कृष्ट कलाकारद्वारा हुनेछ । बिग बस भित्र रहने सहभागीहरु १०० दिन सम्म सञ्चार सम्पर्क विहिन रहि सहभागिता जनाई बिग बसको ट्रफी जित्नेछन् ।

Advertisement

Advertisement

Advertisement