आठौं राष्ट्रिय खेलकुद सुरु, राष्ट्रपति भण्डारीले गरिन् उद्घाटन (फोटो फिचर)

Advertisement

नेपालगञ्ज । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन गरेकी छन् । भण्डारीले नेपालगञ्ज रङ्गशालामा प्रतियोगिता शुरु भएको घोषणा गर्दै उद्घाटन गरेकी हुन् ।

प्रतियोगिता उद्घाटनअघि सहभागी ११ टोलीले मार्चपास गरेका थिए । सो अवसरमा विभिन्न जातजातिको वेशभूषासहितको सांस्कृतिक झाँकी प्रदर्शनी गरिएको थियो । राष्ट्रिय खेलकूद प्रतियोगिताका सदस्य सचिव केशव विष्टले स्वागत मन्तव्य राखेका थिए ।

उद्घाटन समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले नेपालको राष्ट्रिय झण्डासहित मार्चपास गरेका थिए । युवा तथा खेलकूदमन्त्री एवं प्रतियोगिता मूल आयोजक समितिका अध्यक्ष जगतबहादुर विश्वकर्माले झण्डोत्तोलन गरेका थिए । सो अवसरमा खेलाडीका तर्फबाट जुडोका सोनु भट्ट तथा निर्णायकका तर्फबाट भारोत्तोलनका पूर्वखेलाडी समसुद्दीन सिद्धिकीले शपथ लिएका थिए ।

8th-national-game





















Advertisement

Advertisement