विनोद चौधरीले विद्यार्थीहरुलाई भने– विदेशी विश्वविद्यालयमा पढ्दैमा ठूलो मान्छे भइँदैन्

Advertisement

काठमाडौं । साँसदसमेत रहेका चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले सफलताका लागि थ्रि एस अर्थात स्किल, स्केल र स्पिडको आवश्यकता पर्ने सुत्र दिएका छन् । त्रिभूवन विश्वविद्यालय, व्यवस्थापन केन्द्रीय विभागका करिब सात सय विद्यार्थीलाई आइतबार सम्बोधन गर्दै उनले यस्तो सुत्र दिएका हुन् ।

चौधरीले भने– तपाईंहरूको विश्वविद्यालयको अध्ययन त्यही स्किल हासिल गर्नका लागि हुनुपर्छ । यहा“ प्राप्त गरेको स्किललाई वृहत स्केलमा कार्यानवयनमा ल्याउन सक्दा मात्रै सफल हुन सकिन्छ । उनले थपे, ‘आजको दुनिया“ रफ्तारमा दौडिरहेको छ । तपाईंको स्पिडमा दुनिया“ हिड्ने छैन, त्यसैले दुनिया“को स्पिडमा हिड्न सक्नुपर्छ, त्यसका लागि हिनताबोध र कन्फ्युजन त्याग्नुपर्छ ।’

विश्वका नाम चलेका विश्वविद्यालयमा पढ्दैमा मात्रै सफल भइने सोंच सही नभएको बताउँदै चौधरीले भने, ‘मैले पनि त्रिभूवन विश्वविद्यालयमा तह तकै क्याम्पसमा अध्ययन गरेको हु“ । यदि त्यस्तो हुन्थ्यो भने म अर्बपति बन्न सम्भव थिएन ।’ युक्रेनी युवा जोम कोउमले ह्वाट्सएपमार्फत् प्राप्त गरेको सफलताको उदाहरण प्रस्तुत गर्दै उनले भने– त्रिभूवन विश्वविद्यालयका विद्यार्थीहरूले पनि दुनिया“ हल्लाउने आविष्कार गर्न सक्छन् । त्यसका लागि सपना देख्नु र सपनालाई पछ्याउनु भने अनिवार्य छ ।

उद्योगपति चौधरीले थपे, ‘प्रमाणपत्र एउटा गोरेटोबाट नया“ राजमार्गलाई जोड्ने पुल अवश्य पनि हो । तर, यो आफैमा सफल जीवनको पर्याय भने होइन । जसले जति राम्रो अंकल्याएर डिग्री प्राप्त गर्नु भएको छ, तपाईंले त्यति नै धेरै मेहनत गरेर आफूलाई आफैले प्रमाणित गर्न पनि बा“की छ ।’

उनले नेपाली युवाका तीन वटा सफलताका स्टोरी पाइला टेक्नोलोजी, फुडमारियो र नेपाली धोवीको बारेमा जानकारी दिँदै यस्तै सिर्जनशिल अवधारणाले नेपाली युवाहरूले सफलता हासिल गर्ने बताए । उनले विश्वमा ३० बर्षभन्दा कम उमेरमा अर्बपति क्लवमा नाम लेखाउन विश्वकै कान्छी अर्बपति केली जेनर, गुगलका सह सस्थापक सर्गेयी ब्रेन, स्ट्राईपका सस्थापक प्याट्रिक कोलिसन, स्न्यापच्याटका सह–सस्थापक बबीमर्फे र फेसबुकका सस्थापक मार्क जुकरवर्गको सफलताको कथा सुनाउँदै एउटा सिर्जनशिल सोंचको कार्यान्वयनबाट संसारको दिशा बदलिने अवस्था रहेको बताए ।

चौधरीले आर्टिफिसियल इन्टिलिजेन्सले विश्व हा“क्ने अवस्था आएको छ, जसका कारण विश्वमा उच्च दरमा रोजगारी कटौती हुने अवस्था रहेको बताए । उनले भने, ‘पाईटलविहिन लडाकू विमान, ड्राइभरविहीन गाडी र रोवोटले काम गर्ने वातावरण तयार भएको छ । विश्वमाआएका यी परिवर्तनको प्रभाव नेपालमा पनि पर्नेछ’ चौधरीले भने– हामीले पनि एक स्टेप अगाडिका बारेमा सोच्ने समय आईसकेको छ ।’

नेपाली राजनीतिमा पि२ अर्थात् प्रो पब्लिक पोलिटिक्स र जि २ अर्थात् गूड गभर्नेन्स आवश्यक रहेको बताउँदै चौधरीले त्रिभूवन विश्वविद्यालयले देशलाई प्रधानमन्त्री, मन्त्री र कर्मचारीतन्त्र दिएको र अब पि२ र जि२ कार्यान्वयन गर्ने राजनीतिज्ञ पनि यसै विश्वविद्यालयको हुने विश्वास व्यक्त गरे ।

उनले विश्वब्यापी ब्राण्ड बनेका वाईवाई, सीजी हस्पिटालिटीको सफलताको कथा पनि विद्यार्थीसंग सेयर गरे । सफलताका लागि जीवनको लक्ष्यनिर्धारण गर्न विद्यार्थीहरूलाई सुझाव दिँदै चौधरीले विदाई हुन् लागेका विद्यार्थीहरुलाई आफ्नो भविष्यको गन्तव्य तय गर्न सुझाव दिए ।

Advertisement

Advertisement