एन आई सी एसिया बैंकको एक दिने छुट ‘अफर ’

Advertisement

काठमाडौँ । एनआईसी एसिया बैंक लिमिटेडले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा ‘डिजिटल पेमेन्ट’मा ‘क्यास ब्याक’ तथा छुट अफरको यो सार्वजनिक गरेको छ । यो योजनाहरुमा बैंकका ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइलÞ बैंकमार्फत झुक्तानी गर्दा एक सय पाँच तथा उच्चतम् एक हजार रुपिँयासम्म ‘क्यास ब्याक’ तथा छुट प्राप्त गर्न सक्छन् ।

यो योजना अन्तर्गत दराजमा अनलाइन कार्डबाट झुक्तानी गर्दा, खल्तीमा अनलाइन कार्डबाट झुक्तानी गर्दा कुनै पनि कारोबारको अनलाइन पेमेन्टबाट झुक्तानी गर्दा तथा बैंकको ‘क्युआर पेमेन्ट सिस्टम’बाट झुक्तानी गर्दा कारोबार रकमको एक सय पाँच वा उच्चतम एक हजार रुपिँया सम्मको क्यास ब्याक प्राप्त गर्न सकिन्छ ।

यस्तै, पीओएसबाट झुक्तानी गर्दा एक सय पाँच वा उच्चतम पाँच सय रुपिँयासम्मको क्यास ब्याक प्राप्त गर्न सकिन्छ । मोबाइल बैंकिङबाट एनटीसी र एनसेलको रिचार्ज ‘टप अप’ गर्दा एक सय पाँच वा उच्चतम सय रुपैयाँ सम्मका क्यास ब्याकको योजना रहेका छन् । यो योजना राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको दिन १९ वैशाख २०७६ को दिन मात्र लागू हुनेछ ।

Advertisement

Advertisement

Advertisement