महालक्ष्मी लाईफ र ज्योति सहकारीको बीमा जनचेतना कार्यक्रम

Advertisement

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड र ज्योति बहुउद्देश्यीय सहकारी संस्था बुधबार धुलिखेलमा बीमा जनचेतना कार्यक्रम आयोजना गरेको छ । ज्योतिका शेयर सदस्यहरूको लागि संञ्चालित उक्त सचेतना कार्यक्रमको महालक्ष्मी लाईफका प्रमुख कार्यकारी अधिकृत रमेश भट्टराईले उद्घाटन गरे ।

कार्यक्रममा बीमाको अवधारणा, बीमाको वर्तमान अवस्था, यसका फाइदाहरूको बारेमा भट्टराईले प्रशिक्षण दिएका थिए भने हालक्ष्मी लाईफको प्रडक्टहरूको विषयमा महालक्ष्मी लाईफका एजेन्सी तथा तालिम प्रमुख सीताराम धिमालले प्रशिक्षण दिएका थिए ।

मुलुकभर २२ वटा शाखा खोलिसकेको मुलुककै कान्छो बीमा कम्पनी महालक्ष्मी लाइफले निकट भविष्यमा बनेपामा कार्यालय स्थापना गर्नलागेको जनाएको छ । कार्यक्रममा ज्योति बहुउद्देश्यीय सहकारी संस्थाका ९० जना भन्दा बढी शेयर सदस्यहरूको उपस्थिति रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement