राजधानीको पिच सडकमै बस पल्टिँदा १७ जना घाइते

Advertisement

काठमाडौं । पिच गरेको राजधानी काठमाडौंको सडकमा बस पल्टिँदा १७ जना यात्रू घाइते भएका छन् । साँखु गणेश भैरव यातायातको बा ४ ख ५९३२ नं को बस शुक्रबार बिहान बौद्ध टुसालमा पल्टिएको हो ।

आलापोटबाट रत्नपार्क आउँदै गरेको बस सडकमा पल्टिँदा १७ जना यात्रु घाइते भएका हुन् । उनीहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको बौद्ध प्रहरीले जानकारी दिएको छ । स्थानीयका अनुसार अनियन्त्रित तरिकाले बस चलाउँदा पल्टिएको हो । बस पल्टाउने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement

Advertisement

Advertisement