एसएसपीहरुको शरुवा, को कहाँ पुगे ?

Advertisement

काठमाडौं । महानगरीय अपराध महाशाखा टेकुमा एसएसपी सहकुल थापा र काठमाडौं प्रहरी परिसरमा उत्तम सुवेदीको सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालयले महाशाखामा थापा र काठमाडौं प्रहरीमा हाल केन्द्रीय प्रवक्ता रहेका सुवेदीलाई ल्याएको हो । सुवेदी केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारीमा थिए ।

यसगैरी, काठमाडौंमा एसएसपी वसन्त लामालाई लागू औषध नियन्त्रण व्यूरोमा सरुवा गरिएको छ । महाशाखाका एसएसपी सिंहलाई तालिम निर्देशनालयमा सरुवा गरिएको छ ।

Advertisement

Advertisement

Advertisement