प्रधानमन्त्री ओली भियतनाम प्रस्थान

Advertisement

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अहिले भियतनाम र कम्बोडिया भ्रमणको लागि त्यसतर्फ जाँदै छन् । उनको भ्रमणका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण आधा घण्टाका लागि रोकिएको थियो ।

प्रधानमन्त्री ओलीको उडानको समय विहान ११ बजेदेखि साढे ११ बजेसम्मको समयलाई ध्यानमा राखेर आधा घण्टा विमानस्लथमा विमानको उडान अवतरण रोकेको विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए ।

उनले आधा घण्टाका लागि मात्रै अरु उडान रोकेकाले त्यस पछि उडान अवतरण खुला भएको बताए । प्रधानमन्त्री ओलीको सवारीका कारण अहिले काठमाण्डौ उपत्यकामा सडकमा पनि जाम बढेको छ । भीभीआईपीको सवारीका कारण गौशाला, चावहिल, एयरपोर्ट, माइतीघर मण्डला, थापाथालीलगायत ठाउँमा जाम छ ।

यस अघि राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका बेलामा पनि जाम बढेको थियो । राजसंस्थाको झल्को दिने गरी हुने भीभीआईपीको सवारीका कारण यात्रु मारमा परेको भन्दै आलोचना हुने गरेको छ ।

Advertisement

Advertisement

Advertisement