लक्ष्य पूरा गर्ने अभिकर्तालाई नेशनल लाईफले घुमायो घान्द्रुक

Advertisement

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले लक्ष्य पूरा गर्ने अभिकर्तालाई घान्द्रुक भ्रमण गराएको छ । 

कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० भदौ  महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत देशैभरीबाट उत्कृष्ट व्यवसय गरी लक्ष्य पूरा गर्न सफल करिब १४० जना भन्दा बढि बरिष्ठ अभिकर्ताहरुको उत्साहजनक उपस्थितीमा नेपालको पर्यटकीय क्षेत्र घान्द्रुकको भ्रमण गराएको छ ।

Advertisement

भ्रमण कार्यक्रममा सहभागी भएका बरिष्ठ अभिकर्ताहरुले यस प्रकारको भ्रमण कार्यक्रमबाट देशैभर छरियर रहेका अभिकर्ताहरुबीच चिनजान हुनुका साथै एक आपसको अन्तरक्रियाबाट धेरै कुराहरु जान्न बुझ्न पाउने अवसर जुराई दिएकोमा कम्पनीलाई धन्यवाद ज्ञापन गरेका थिए ।

३ रात ४ दिनसम्म संचालन गरिएको उक्त भ्रमण कार्यक्रममा सहभागी अभिकर्ताहरुले यथेष्ट मनोरञ्जन लिएको प्रतिक्रिया जनाएका छन् । 


 

Advertisement