गण्डकी विकास बैंकको नाफामा १४.६६ प्रतिशतको वृद्धि

Advertisement

काठमाडौं । गण्डकी विकास बैंकले चालु आर्थिक वर्षको ९ महिनामा ३९ करोड ३ लाख ५४ हजार रुपियाँ खुद नाफा कमाएको छ । गत वर्ष बैंकले ३४ करोड ४ लाख ४४ हजार रुपियाँ खुद नाफा कमाएको थियो । गत वर्षको यसै अवधिको तुलनामा नाफा १४ दशमलव ६६ प्रतिशतले बढी हो ।

बैंकको सञ्चालन नाफा पनि गत वर्षको तुलनामा १४.९८ प्रतिशतले बढेर ६० करोड १ हजार रुपियाँ पुगेको छ । गण्डकीले चैत मसान्तसम्म २७ अर्ब ४८ करोड ९२ लाख ९९ हजार रुपियाँ निक्षेप संकलन गरेर २४ अर्ब १९ करोड १८ लाख १३ हजार रुपियाँ कर्जा प्रवाह गरेको छ ।

गण्डकीको चुक्ता पुँजी यस अवधिमा १९.३१ प्रतिशतले बढेर २ अर्ब ७५ करोड रुपियाँ पुगेको छ । जगेडा कोष भने २२.३४ प्रतिशतले घटेको छ । चैत मसान्तसम्म जगेडा कोषमा १ अर्ब ८१ लाख ८५ हजार रुपियाँ जम्मा भएको छ । गत वर्ष यसै अवधिमा भने जगेडा कोषमा १ अर्ब २९ करोड ८३ लाख ५४ हजार रुपियाँ रहेको थियो ।

बैंकले चैत मसान्तसम्म २७ अर्ब ४८ करोड ९२ लाख ९९ हजार रुपियाँ निक्षेप संकलन गरी २४ अर्ब १९ करोड १८ लाख १३ हजार रुपियाँ कर्जा प्रवाह गरेको छ ।

खुद ब्याज आम्दानी गत वर्षको यसै अवधिको तुलनामा २१ दशमलव ८९ प्रतिशतले बढेर ८५ करोड ९७ लाख ९३ हजार रुपियाँ पुगेको छ । बैंकले गत वर्ष यसै अवधिमा ७० करोड ५३ लाख ४१ हजार रुपियाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको प्रतिसेयर आम्दानी ७६ पैसाले घटेर १८ रुपियाँ ९३ पैसा पुगेको छ । गत वर्ष यसै अवधिमा बैंकको प्रतिसेयर आम्दानी १ सय ५६ रुपियाँ ६३ पैसा रहेको थियो । यस अवधिमा प्रतिसेयर नेटवर्थ १ सय ३६ रुपैयाँ ४ पैसा रहेको छ ।

Advertisement

Advertisement

Advertisement