हावाहुरी पीडितलाई प्रदेश-१ सरकारको एक करोड सहयोग

Advertisement

काठमाडौँ । प्रदेश-१ को सरकारले प्रदेश-२ सरकारलाई एक करोड सहयोगको चेक हस्तान्तरण गरिएको छ। प्रदेश-१का मुख्यमन्त्री शेरधन राइले सोमबार प्रदेश -२ को मुख्यमन्त्री लालबाबु राउतलाई राहत रकमको चेक हस्तान्तरण गरेका हुन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश-१का मुख्यमन्त्री राईले हावाहुरीले निम्त्याएको विपदमा प्रदेश-१ ले सहयोग गरेर प्रदेश-२को विपतमा हामी सबै एकजुट रहेको सन्देश दिन खोजेको बताएका छन्।

कार्यक्रममा प्रदेश नं. २का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश-१को सहयोग प्रति आभार व्यक्त गर्दै मुलुक संघीय संरचनामा गएपछि प्रदेश प्रदेश बीचको सहकार्य र सम्बन्धमा मजबुत बनाउने आधार प्रारम्भ गरेको बताए।

बारा पर्सामा चैत्र १८ गते आएको हावाहुरी २९ जनाको मृत्यु भएको हो भने करोडौको धनमालको क्षति भएको छ।

Advertisement

Advertisement

Advertisement