ह्वाट्सएपको प्राविधिक कमजोरी पत्ता लगाएर 'जासुसी आक्रमण'

Advertisement

काठमाडौं । इन्टरनेटमा सन्देश आदानप्रदान गर्न प्रयोग हुने ह्वाट्सएपमा विद्यमान एउटा कमजोरीलाई दुरुपयोग गरेर ह्याकरहरूले फोन र अन्य उपकरणहरूमा जासुसी सफ्टवेअर राख्न सफल भएको बताइएको छ। फेसबुकको स्वामित्वमा रहेको ह्वाट्सएपका अनुसार सो आक्रमणले केही निश्चित प्रयोगकर्तालाई लक्षित गरेको र यो काम कुनै दक्ष साइबर विज्ञले गरेको हो।

ह्वाट्सएपले विद्यमान कमजोरीलाई हटाउन सो एपको अपडेट उपलब्ध गराएको छ। उसले आफ्ना सबै एक अर्ब ५० करोड प्रयोगकर्तालाई एप अपडेट गर्न भनेको छ। फाइन्यान्शल टाइम्सले लेखेअनुसार सो कार्य इजरायलमा आधारित एनएसओ समूहले गरेको हो।

सो आक्रमणबारे पहिलो पटक मे महिनामा थाहा भएको थियो। ह्वाट्सएपले कति प्रयोगकर्ता प्रभावित भए भनेर भन्न सकिने अवस्था नभएको भन्दै यो आक्रमणको लक्ष्यमा निश्चित व्यक्तिहरू परेको हुन सक्ने बताएको छ।

कसरी आक्रमण भयो र ?

आक्रमण गर्ने व्यक्तिले ह्वाट्सएपको भ्वाइस कल सुविधा प्रयोग गरेर निसानामा भएको व्यक्तिलाई घण्टी दिने गर्थे। फाइन्यान्शल टाइम्सका अनुसार त्यसो गर्दा कल नउठे पनि जासुसी गर्ने उद्देश्यले बनाएको सफ्टवेअर निसानमा रहेको स्मार्टफोनमा स्वतस् जडान भइदिन्थ्यो। तर कलको विवरण भने त्यो फोन वा अन्य डिभाइसमा बस्दैनथ्यो।

ह्वाट्सएपका अनुसार उसको सुरक्षा टोलीले सो कमजोरी पत्ता लगाएको थियो। उसले मानव अधिकार समूह, केही सुरक्षा प्रविधि समूह र अमेरिकी न्याय मन्त्रालयलाई त्यसबारे जानकारी दिएको बताएको छ। मङ्गलवार तेल अभिभस्थित एउटा अदालतमा एनएसओ समूहको प्रविधि निर्यातको अनुमति खारेज गर्ने सम्बन्धमा सुनुवाइ हुँदैछ।

सप्टवेअर कसले बनाएको हो ?

इजरायली कम्पनी एनएसओ समूहले सो सफ्टवेअर विकसित गरिएको अनुमान छ। एनएसओलाई ूसाइबर हतियार विक्रेताू का रूपमा चिनिन्छ। यसको प्रमुख सफ्टवेअर पेगाससले फोनको माइक्रोफोन र क्यामरा प्रयोग गरेर स्थान तथा स्थितिको जानकारी जासुसी गर्न सक्ने बताइएको छ।

एक विज्ञप्तिमा समूहले भनेको छ, 'हाम्रो प्रविधि सरकारी निकायहरूलाई अपराध र आतङ्कवादविरुद्ध लड्ने उद्देश्यको हो। कम्पनीले यो प्रविधि सञ्चालन गर्दैन र सुरक्षा निकायहरूले सार्वजनिक सुरक्षाका कार्यमा यसलाई कसरी प्रयोग गर्ने भन्ने निर्क्योल गर्छन्।'

Advertisement

Advertisement

Advertisement