रिमोटमा बोलेकै भरले नियन्त्रण हुने एलजीका टीभी

Advertisement

काठमाडौं । पछिल्लो एक दशकमा टेलिभिजन सेटको इतिहासमा ठूलो परिवर्तन आएको छ । टेलिभिजन मनोरन्जनमा मात्रै सीमित नभएर दुनियासँग जोडिने माध्यम बन्दै गएको छ । हामी त्यही टेलिभिजनबाटै विश्वसँग जोडिन सफल भएका छौं ।

टेलिभिजनमार्फत सामाजिक सञ्जाल, वेब ब्राउजरलगायत नयाँ प्रविधिसँग घुलमिल भइरहेका छौं । त्यसैले अहिले हेर्ने हो भने सबैका घरमा प्रविधिमैत्री स्मार्ट र डिजिटल टेलिभिजन सेट नजोडिएको कोठा पाउनै मुस्किल हुन्छ ।

त्यसमा पनि नयाँ आयाम देखा परेको छ । चौधरी ग्रुपअन्र्तगत रहेको सीजी इलेक्ट्रोनिक्सले नेपाली बजारमा विभिन्न ब्रान्डका घरायसी सामग्री उत्पादन गर्नुका साथै ग्राहकमाझ उपलब्ध गराउँदै आएको छ । त्यसमध्ये एलजी एक प्रमुख ब्रान्ड हो ।

एलजी ब्रान्डले नेपाली बजारमा विभिन्न घरायसी सामग्री उपलब्ध गराउँदै आएको छ । त्यसमध्ये टीभी एक प्रमुख उत्पादन हो । विश्व बजारमा सबैभन्दा बढी रुचाइएको ब्रान्डको रूपमा रहेको एलजीले नेपाली बजारमा केही समयअघि पहिलोपटक ‘थिंक क्यूआई (आर्टि्फिसियल इन्टिलिजेन्स)’ प्रविधियुक्त टेलिभिजन सेट बजारमा भित्राइएको हो ।

एलजीको नेपाली बजारमा स्मार्टअन्तर्गत चारवटा फरक रेन्जमा टीभी छन्। त्यसमा एलजी ओएलईडी टीभी, एलजी सुपर यूएचडी टीभी, एलजी यूएचडी टीभी र एलजी स्मार्ट टीभी छन् । त्यसमध्ये थिंक क्यूआई प्रविधिलाई कम्पनीले आफ्ना हरेक स्मार्ट टीभीमा उपलब्ध गराएको छ ।
ओएलईडी टीभी ५५ इन्चदेखि ७५ इन्चसम्ममा उपलब्ध छन् । जसको मूल्य पाँच लाख ३० हजारबाट सुरु भएर छ लाख ८० हजारसम्म छ ।

त्यस्तै एलजी सुपर यूएचडी टीभीअन्तर्गत बजारमा ५५ इन्चदेखि ८६ इन्च सम्मका टीभी छन्। जसको मूल्य दुई लाख ६८ हजार बाट सुरु भएर १३ लाख १६ हजारसम्म छ । यूएचडी टीभी ४३ इन्चदेखि ७५ इन्चसम्मका उपलब्ध छन् । जसको मूल्य ८० हजार पाँच सय ९० रुपैयाँदेखि सात लाख ९९ हजार आठ सय ९० रुपिँयासम्म पर्छ । त्यस्तै एलजी स्मार्ट टीभी ३२ इन्चदेखि ४९ इन्चसम्मका छन् ।

जसको बजार मूल्य ४२ हजारबाट सुरु भएर एक लाखसम्म रहेको कम्पनीले जनाएको छ । यी सम्पूर्ण टीभीमा कम्पनीले थिंक क्यूआई प्रविधि आत्मसात गरेको छ । यसले टीभी प्रयोगमा सहजता ल्याएको छ ।
पुरानो टीभीमा सेटिङ खोज्दै गर्नुपर्ने काम बोलेकै भरमा सहजै गर्न सकिने भयो । यसले यतिसम्म सहज बनाएको छ कि, रिमोटमा बोलेकै भरले टेलिभिजन सेटिङ, मौसमको जानकारी, च्यानल परिवर्तन, साउन्ड घटाउन बढाउन, नेटवर्किङ सेटिङ गर्न सकिनेछ । त्यतिमात्रै होइन, बोलेकै भरमा टीभी बन्द गर्न सकिनेछ ।

यी टीभीमा नानो सेल डिस्प्ले, फोरके सिने एचडीआर, डब्ली एटमस साउन्ड सिस्टमलगायत उच्चस्तरीय प्रविधि पनि समावेश गरिएको छ । एन्ड्रोइडमा आधारित टीभीमा एचडीएमआई–३, यूएसडी–२ वाईफाई बिल्ट इन, दुई जीबी ¥याम र आठ जीबी रोमलगायत सुविधा छन्। साथै कम्पनीले यी टीभीको खरिदमा ग्राहकको सहजताका लागि दुई वर्षको वारेन्टी प्रदान गरेको छ ।

त्यतिमात्रै नभएर ग्राहकलाई बिक्रीपछिको सेवालाई पनि कम्पनीले प्राथमिकतामा राखेको जनाएको छ । कम्पनीले देशका सबै मुख्य सहरमा सर्भिस सेन्टर स्थापना गरेर सेवा दिइरहेको जनाएको छ । यसका साथै कम्पनीले काठमाडौंमा टोल फ्री नम्बरसमेत सञ्चालन ल्याएको छ । जहाँबाट समस्या टिपाएको २४ घण्टामा समस्या समाधान गरिने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement