महंगीको नयाँ रेकर्डः गोलभेडाको भाउ ५ वर्ष यताकै सबैभन्दा उच्च

Advertisement

काठमाडौं । महँगी बढ्दा उपभोक्ता आक्रान्त बनेका छन् । महँगीको सबैभन्दा धेरै असर गोलभेडामा परेको छ ।

गोलभेडाको भाउ ५ वर्ष यताकै सबैभन्दा उच्च भएको छ । ५ वर्षमा चैतदेखि जेठ १ सम्ममा गोलभेंडाको मूल्य प्रतिकिलो ४० देखि ८० को बीचमा रहे पनि यो वर्षको जेठको पहिलो सातादेखि नै एक सय १० रुपियाँ देखि एक सय २० रुपियाँ प्रतिकिलोमा बिक्री भएको छ ।

भारतबाट आयात हुने गोलभेडा ३० प्रतिशतले घटेको छ । ‘प्रत्येक भान्सामा पाक्ने गोलभेडा मागअनुसार नपाएपछि बजार भाउ बढेको हो ।

गोलभेंडासंगै, काउली, भान्टा, बोडी, घिउसिमी, करेला, परवर, भिण्डी, ब्रोकाउली, चम्सुर साग र रायो सागलगायतको मूल्य पनि उच्च बनेको छ।

Advertisement

Advertisement

Advertisement