ट्राफिक व्यवस्थापन जटिल बन्दै गएकाले उपत्यकाबाट साना सवारी हटाइने

Advertisement

काठमाडौं । काठमाडौं उपत्यकाबाट तीन पांग्रे र साना सार्वजनिक सवारी हटाइने भएको छ। महानगरीय ट्रफिक प्रहरी महाशाखाले उपत्यकका चक्रपथ र ठूला सवारी गुड्न योग्य सडकबाट तीन पांग्रे र साना सार्वजनिक सवारी हटाउने तयारी गरेको छ। टेम्पो र साना सवारीको संख्या धेरै भएकाले उपत्यकाको सहरी क्षेत्रमा ट्राफिक व्यवस्थापन जटिल बन्दै गएकाले यस्ता सवारी साधनलाई हटाउन खोजिएको हो।

ट्राफिक प्रहरीले एक वर्षभित्र यातायात व्यवस्था विभागको नीतिगत सहयोगमा यस्ता सवारी हटाउने खाजेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो।

सानो इन्जिन क्षमताका गाडी सुस्त गतिमा गुड्ने र अन्य सवारीको आगमनमा असर पु¥याउने भएकाले तीन पांग्रे र साना सवारी हटाउने तयारी गरिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

‘कम सीसीका सवारीको यात्रु बोक्ने क्षमता र गति कम छ। यस्ता सवारीले क्षमताभन्दा धेरै यात्रु बोक्दा दुर्घटनाको जोखिम उच्च छ। साघुँरो सिट हुने भएकाले वृद्धवृद्धा र फरक क्षमता भएका यात्रुका पनि यी सवारी उपयुक्त देखिँदैन’, प्रहरीले भने, ‘सुस्त गतिमा गुड्ने भएकाले अन्य सवारीको आगमनमा पनि सहज हुन सकेको छैन।’

तीनपांग्रे तथा साना सवारी विस्थापित गर्न सकिएको खण्डमा उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न सहज हुने प्रहरीको भनाइ छ। यस्ता सवारी हटाउन ट्राफिकले यातायात व्यवस्था विभाग, महानगरपालिका र नगरपालिका प्रतिनिधसँग छलफल गरिरहेको छ।

हाल उपत्यकामा ६ हजार तीन सय ३० वटा टेम्पो र माइक्रोबस सञ्चालनमा छन्। यातायात व्यवस्था विभागका प्रमुख कुमारप्रसाद दाहाल उपत्यकाको ट्राफिक व्यवस्थापन साना सवारी हटाउनुपर्ने बताउँछन्। ‘ठूला सवारीलाई प्रोत्साहन गर्ने सरकारी नीति छ। ठूला सवारीको प्रयोगबाट नै ट्राफिक व्यवस्थापन सहज हुन्छ।

ट्राफिक व्यवस्थापनको प्रमुख चुनौतीका रूपमा साना सवारी नै छन्’, दाहालले भने, ‘यस्ता सवारीलाई व्यवस्थापन नगरेसम्म उपत्यकाको जाम न्यूनीकरण गर्न सहज छैन। अबको प्राथिमिकता मास ट्रान्सर्पोट हो।’ यसका लागि आवश्यक निती व्यवस्थापन गर्नेतर्फ विभागले काम गरिरहेको छ।

हाल विभाग ट्याक्सीको मापदण्ड तोक्ने तयारीमा छ। यो मापदण्ड कार्यान्वयनमा आएसँगै साना सवारी चल्न रोक लगाउनेछौं। विभागले ट्याक्सीको मापदण्डको मस्यौदा तयार गरिसकेको छ। ट्याक्सी मापदण्ड मन्त्रिपरिषद्बाट सौद्धान्तिक सहमति प्राप्त भएसँगै कार्यान्वयनमा आउनेछ।

Advertisement

Advertisement

Advertisement