ट्रयुकलरको डाटा चोरी गर्दै डार्क वेबमा बिक्रीमा राख्ने गरेको तथ्यांक बाहिरियो

Advertisement

काठमाडौं । ट्रयुकलरले युजर्सको डाटा चोरी गर्दै डार्क वेबमा लाखौं रुपियाँमा बिक्रीमा राख्ने गरेको तथ्यांक बाहिरिएको छ। फोन गरेको तथा फोन आएको नम्बरको बारेमा जानकारी दिने एप ट्रयुकलर पछिल्लो समय स्मार्टफोन प्रयोगकर्तामाझ लोकप्रिय छ।

यसको प्रयोग नेपालमा पनि हुने गरेको छ। उक्त एप्सको डाटा भने डार्क वेबमा ह्याकरले बिक्री गरिरहेको एक अध्ययनले देखाएको छ। ट्रयुकलरमा उपलब्ध डाटा जसमा प्रयोगकर्ताको नाम, इमेल ठेगाना, फोन नम्बर रहेको छ त्यसको किनबेच भइरहेको रिपोर्ट बाहिर आएको हो। विश्वभर रहेका ट्रयुकलर प्रयोगकर्ताको डाटा लिक गरिएको छ भने त्यसलाई बिक्रीका लागि राखिएको छ।

हालै साइबर सेक्यूरिटी विशेषज्ञलाई आधारमा राखेर आएको रिपोर्टअनुसार विश्वभरका युजर्सको डाटा बिक्रीमा रहेको छ। विशेषगरी उक्त डाटामध्ये ६० देखि ७० प्रतिशत भारतीय युजर्सको रहेको तथ्यांक उल्लेख छ। रिपोर्टका अनुसार भारतमा मात्र ट्रयुकलरको प्रयोगकर्ता एक सय ४० मिलियन छन्। सेक्यूरिटी विशेषज्ञका अनुसार डार्क वेबमा युजर्सको डाटा करिब दुई हजार यूरोमा बिक्री भइरहेको छ भने विश्वभरका अन्य प्रयोगकर्ताको डाटा २५ हजार डलरमा बिक्री गरिरहेको छ।

ट्रयुकलरले भने हालै केही युजर्सको एकाउन्टमा गलत कार्य भएको भेटिएको जानकारी दिएको छ। कम्पनीले सो कार्यबाट कुनै पनि संवेदनशील युजर इन्फर्मेसन चोरी नभएको विश्वस्त भएको बताएको छ। कम्पनीका अनुसार युजर्सको पेमेन्ट र आर्थिक जानकारी भने सुरक्षित छ। तर साइबर एक्सपर्टले भने ट्रयुकलरको डाटा बेस चोरेर संकलन गरिनु गम्भीर विषय भएको बताएका छन्। यसअघि पनि ट्रयुकलरबाट पटक पटक प्रयोगकर्ताको डाटा चोरी हुँदै आएको छ।

यदि तपाईं पनि ट्रयुकलर प्रयोगकर्ता हो भने तपाईंको फोनमा भएका सबै सम्पर्क नम्बर ट्रयुकलरमा जान्छ। त्यसैले तपाईंको एकाउन्ट ह्याक भयो भने ती सबै जानकारी चोरी हुनेछन्। त्यसैले अब यस्ता एप्सको प्रयोगमा सोच्नु पर्ने अवस्था आएको छ।

Advertisement

Advertisement

Advertisement