कोचिङ सेन्टरमा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो

Advertisement

गुजरात । भारतको सुरत शहरमा भएको आगलागी परी मृत्यु हुने व्यक्तिको सङ्ख्या शनिबार १९ पुगेको छ । मृत्यु भएकामध्ये अधिकांश विद्यार्थी भएको बताइएको छ ।

सुरतको सर्थाना क्षेत्रमा रहेको एउटा अग्लो भवनको दोस्रो तलामा भएको आगलागीमा पनि उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । ‘लक्ष्यशिला कम्प्लेक्स’ स्थित कोचिङ सेन्टरमा रहेका विद्यार्थीहरु सो आगलागीमा परेका समाचारमा जनाइएको छ ।

शृक्रबार भएको यस आगलागीमा परी कम्तीमा १५ जनाको मृत्यु भएको जनाइएको थियो । आगालागीमा परी घाइते व्यक्तिको अवस्था गम्भीर भएको हुनाले मृतकको संख्या अझ बढ्न सक्ने सुरतका प्रहरी प्रमुख सतिश कुमार शर्माले बताएका थिए ।

Advertisement

Advertisement

Advertisement