पेट्रोल बम प्रहारले ट्रक चालक घाइते

Advertisement

काठमाडौं । नेत्र विक्रम चन्द समूहका कार्यकर्ताले सोमबार बिहान ३ बजे एक ट्रकमा पेट्रोल बम प्रहार गरी आगजनी गरेका छन् । नवलपरासीको मध्यबिन्दु नगरपालिका–११, स्थित राजमार्गमा सिमेन्ट बोकेर नारायणगढतर्फ जाँदै गरेको लु २ ख १०८ नम्बरको सो समूहले ट्रकमा पेट्रोल बम प्रहार गरी आगजनी गरेका हुन् ।

पेट्रोल बम प्रहार गर्दा अनियन्त्रित भई सडकबाट पाँच मिटर तल खसेको हो । ट्रक चालक तनहुँ ब्यास नगरपालिका–४, बस्ने ३३ वर्षीय अमर विक घाइते भएका हुन्न् । उनको ढाड र अनुहारमा आगोले पोलेको छ । घाइते विकको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

यस्तै आज बिहान ३:३० बजेको समयमा कावासोती नगरपालिका–१६, पश्चिम राजमार्गमा बा ३ च ९३ नम्बरको जीपमा पेट्रोल बम प्रहार गर्दा जीपमा सामान्य क्षति भएको छ । मानवीय क्षति भने भएको छैन ।

नवलपरासीकै बुलिङटार गाउँपालिकामा विस्फोटका लागि खेतमा राखिएको सिलिण्डर प्रहरीले नियन्त्रणमा लिएको छ । गाउँपालिकाका अध्यक्ष शशीकिरण बस्ताकोटीको घरदेखि ३०० मिटर टाढा खेतमा सिलिण्डर राखी आगो लगाएता पनि सिलिण्डर पड्किनु पूर्वनै प्रहरीले सो सिलिण्डर नियन्त्रणमा लिएको थियो।

Advertisement

Advertisement

Advertisement