अव्यवस्थित पार्किङलाई नियन्त्रण गर्न बिहीबारदेखि स्मार्ट पार्किङ सुरु हुने

Advertisement

काठमाडौं । अव्यवस्थित पार्किङले समस्या बढ्दै गएकाले अब न्युरोडमा बिहीबारदेखि स्मार्ट पार्किङ सुरु हुने भएको छ । अव्यवस्थित पार्किङले समस्या बढाएको बताउँदै काठमाडौं महानगरपालिकाले स्मार्ट पार्किङ सिस्टम सञ्चालन गर्न लागीएको हो ।

तीन महिनाअघि काठमाडौं महानगरले ह्विल्स ट्रलियोर्स कम्पनीसँग स्मार्ट पार्किङ सञ्चालनका लागि सम्झौता गरेको थियो । कम्पनीले स्मार्ट पार्किङ सञ्चालनको अन्तिम तयारी गरिरहेको छ । सुरुमा न्युरोड क्षेत्रका पाँच स्थानमा सञ्चालन गर्ने तयारी छ । कम्पनीका अनुसार न्युरोड क्षेत्रका रामेश्वरम, विशाल बजार, खिचापोखरी, धर्मपथ र पाकोमा स्मार्ट पार्किङ सिस्टम लागू हुनेछ ।

ती स्थानमा आठ सय बाइक र ६० वटा गाडी पार्किङ गर्ने क्षमता रहेको छ । बिहीबारदेखि एक साता परीक्षण क्रममा रहने जनाईएको छ । परीक्षण कालमा सर्वसाधरणले निःशुल्क पार्किङ गर्न सक्नेछन् । सम्झौताअनुसार स्मार्ट पार्किङबाट उठेको शुल्कको १० देखि १५ प्रतिशत कम्पनीले राख्नेछ ।

स्मार्ट पार्किङ प्रयोगका लागि गुगल प्ले स्टोरमा गएर ‘पार्क केटिएम’ एप डाउनलोड गर्न सकिनेछ । एप डाउनलोडपछि आफूलाई पायक पर्ने ठाउँमा बुक गर्न सकिनेछ । एपमा रियल टाइम देखिनेछ । जसले पार्किङ स्पेस हेर्न सहज हुनेछ । पार्किङका लागि १५ मिनेटअघि बुकिङ गर्नुपर्नेछ ।

बुकिङ गर्दा बाइक वा गाडीको नम्बरसमेत इन्ट्री गर्नुपर्नेछ । बुक गरेको १५ मिनेटभित्र पार्किङ नगरे बुकिङ स्वतः रद्द हुनेछ । बुकिङ गरेको समयदेखि पार्किङ शुल्क लाग्नेछ । बाइकका लागि एक घन्टाको २५ रुपियाँ र गाडीका लागि ६० रुपियाँ लाग्नेछ । ‘सबै तयारी भइसकेको छ । ६० वटाभन्दा बढी सिसिक्यामेरा जडान गरिएका छन् ।

Advertisement

Advertisement

Advertisement