पाँचखालमा चोरीको घटना बढ्दै

Advertisement

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका क्षेत्रमा केही दिनयता चोरीका घटना बढ्दै गएको छ । विशेषगरी अरनिको राजमार्गअन्तर्गत पाँचखाल नपाको बजार क्षेत्रमा पार्किङ गरी राखिएका सवारीसाधनमा चोरी भएको छ ।

जेठ १२ गतेसम्म विभिन्न मितिमा रातको समयमा पाँचखाल बजार, तामाघाट र तीनपिप्ले बजारमा पार्किङ गरिएको करीब दर्जन डोजर र स्काभेटरका ब्याट्री तथा इन्धनसमेत चोरी छ । ५ गते राति २ बजे राजमार्ग मर्मतका लागि तामाघाटमा पार्किङ गरिएको एक स्काभेटरबाट १०० लिटर तेल चोर्ने बा३ख ५५८७ नंको मालबाहक ट्रकचालक सिन्धुपाल्चोकका टीकाबहादुर श्रेष्ठलाई सिसी क्यामेरा फुटेजको सहायताले पहिचान गरी बनेपाबाट पक्राउ गरिएको छ ।

डिजेल चोरी गर्ने श्रेष्ठलाई आवश्यक कारवाहीका लागि सोमबार जिल्ला प्रहरी कार्यालय धुलिखेल पठाइएको छ । अन्य चोरीका घटनाको अनुसन्धान भइरहेको छ । तामाघाटमा हालै मात्रै सिसी क्यामेरा जडान गरिएका कारण फुटेजका आधारमा तेल चोरी गर्ने व्यक्ति पक्रन केही सहयोग पुगेको छ । गत वैशाखमा पनि केही चोरीका घटना भएको उल्लेख गर्दै पाँचखालको अन्य संवेदनशील क्षेत्रमा पनि सिसी क्यामेरा जडान गर्नसके चोरीका घटना न्यूनीकरण हुँदै जाने छ ।

तामाघाट बजार क्षेत्रको विभिन्न स्थानमा सिसी क्यामेरा जडानका कारण चोरीका घटना कम हुदै गएको छ । उहाँका अनुसार तामाघाट बजारमा सिसी क्यामेराका र रातिका लागि २४ स्थानमा सोलार बत्ती व्यवस्थापन गरिएको छ । चोरी न्यूनीकरणका लागि पाँचखालका बजारमा सिसी क्यामेरा तथा सोलार बत्ती जडानका लागि पहल गरिको छ ।
–––

Advertisement

Advertisement

Advertisement