दरबार हत्याकाण्डको १८ वर्ष पूरा

Advertisement

काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज १८ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको वंश विनास भएको थियो ।

राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतीसहितको हत्या भएको थियो । दिपेन्द्रले परिवारका सदस्यहरुलाई गोली हानेपछि आफैलाई गोली प्रहार गरेको छानविन प्रतिवेदन सार्वजनिक गरिएपनि नागरिकहरुले त्यसको विश्वास गरेका छैनन् ।

हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ । वीरेन्द्रको बंश नाश भएपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । लगत्तै उनका माइला भाई ज्ञानेन्द्र शाहले शासनसत्ता हातमा लिएपनि २०६२(६३ मा दोस्रो जनआन्दोलनपछि मुलुकवाट राजतन्त्र अन्त्य भएर गणतन्त्र स्थापनाको घोषणा भयो ।

Advertisement

Advertisement

Advertisement