नेतृत्वको कमजोरीले होइन्, पार्टीमा एकता नहुँदा काँग्रेसले चुनाव हार्या होः देउवा

Advertisement

भक्तपुर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले काङ्ग्रेस पार्टीमा एकता नहुँदा अघिल्लो निर्वाचनमा हार व्यहोर्नुपरेको बताउँदै नेतृत्वको कमजोरीले हार भएको कुरा अस्वीकार गरेका छन् ।

नेपाली काङ्ग्रेस मध्यपर थिमि नगर समितिले शुक्रबार थिमिको बोडेमा आयोजना गरेको राष्ट्रिय जागरण अभियान कार्यक्रममा उनले काङ्ग्रेसको हार गुटउपगुटले गर्दा भएको बताए । पार्टी नेतृत्वको असक्षमता र अलोकप्रिय निर्णयका कारण चुनाव हार्नुपरेको भन्दै सोही पार्टीका नेता कार्यकर्ताले आलोचना गरिरहेका बेला देउवाले नेतृत्वको कमजोरी भएको कुरा अस्वीकार गरे ।

उनले अब पार्टी भित्रको अविश्वासलाई हटाएर जाने बताए । पार्टीलाई एक ढिक्का र मजबुद बनाएर अगाडि बढ्नुपर्ने भन्दै देउवाले राष्ट्रिय जागरण अभियान अन्तिम चरणमा पुगेको र दोस्रो चरणको कार्यक्रममा जनताको घरदैलोमा पुग्ने गरी अभियान शुरु गर्ने बताए ।

सभापति देउवाले राजश्व, गुप्तचर, अख्तियारजस्ता निकायलाई केन्द्रीकृत गर्न खोजेको र स्वतन्त्र न्यायालयमा समेत हस्तक्षेप गर्न थालेको आरोप लगाउँदै प्रेस स्वतन्त्रताको महत्वपूर्ण जग र नागरिकको महत्वपूर्ण अधिकार नै प्रेस भए पनि सरकारले प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्न खोजेको बताए ।

काङ्ग्रेसका नेता मिलेन्द्र रिजालले सरकार संविधानले दिएको अधिकारलाई नै नियन्त्रण गरेर अगाडि जान खोजेको आरोप लगाए । काङ्ग्रेस मध्यपुरथिमि नगर सभापति सुरेन्द्र श्रेष्ठको सभापतिवमा सम्पन्न कार्यक्रममा तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेत, नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला सभापति दूर्लभ थापा, नेता अष्टकुमार कवे, गणेशमान चक्रधर, महेश श्रेष्ठलगायतले काङ्ग्रेसलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिए ।

Advertisement

Advertisement

Advertisement