नाडा अटो शोको स्टल बुकिङ सोमबारदेखि खुल्ला, भदौ १० देखि १५ गतेसम्म हुने

Advertisement

काठमाडौं । नाडा अटोमोवाईल्स एशोसिएशनको आयोजननामा यसवर्षको नाडा अटो शोको बुकिङ सोमबार २७ गतेदेखि खुल्ला हुने भएको छ । एशोसिएशनले उक्त शो भदौ १० गतेदेखि १५ गतेसम्म हुने जनाएको छ ।

हरेक वर्ष भृकुटी मण्डपमा हुँदै आएको अटो शो यस वर्ष पनि नाडाले आयोजना गर्ने भएको छ । शोमा अटोमोबाइल्सका नयाँ मोडल तथा नयाँ प्रविधिहरूको एकै ठाउँमा प्रदर्शन हुनुका साथै नाडा डिलर, उत्पादक, विक्रेता र उपभोक्ताको जमघटको अवसरका रुपमा रहनेछ ।

साथै, एशोसिएशनले उक्त शो मा स्टल राख्न इच्छुक कम्पनीहरुले यही जेठ २७ गतेदेखि ३० गतेसम्म स्टल बुकिङ खुला गरेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement