मलेसियाका लागि बन्द गरिएको रोजगारी खुलाउन म्यानपावर व्यवसायी संघको माग

Advertisement

काठमाडौं । म्यानपावर व्यवसायी संघले मलेसियाका लागि बन्द भएको रोजगार खुलाउनु पर्ने मागमा जोड दिएको छ । रोजगार बन्द भएको एक वर्ष हुँदा पनि सरकारले चासो नदिएको भन्दै संघले सरकारको ध्यानाकर्षण गराएको हो ।

जुन संस्थाले धरौटी रकम बैंकमा जम्मा गर्ने हो सोहि संस्थाको नाममा बैंकले व्याज प्रदान गर्नु पर्ने मागलाई सरकारी स्तरबाट सुनुबाई नभएको बताईएको छ ।

जेष्ठ १७ गतेदेखि २३ गते सम्म विविध एजेण्डाको साथ शान्ति पुन आन्दोलन गर्दा पनि सरकारले उक्त एजेण्डाको संवोधन नगरेको म्यानपावर व्यवसायी महासंघको गुनासो रहेको छ ।

सरकारले मलेसियाका लागि कामदार लैजानु पर्ने विषयमा गम्भिर भएर सोच्नु पर्ने र यसरी नसोच्दा पछिल्लो समयमा कामका लागि अवैधानिक तरिकाले बाहिर जानेको संख्या बढ्ने संघले जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement