विमान अपहरणको धम्की दिने व्यापारीलाई आजीवन करावास र एक करोडको जरिवाना

Advertisement

भारत । भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईसी) को विशेष अदालतले विमान अपहरणको धम्की दिने एक जना व्यापारीलाई आजीवन कारावासको सजाय सुनाएको छ ।

विशेष अदालतले मुम्बईका व्यापारी बिरजू सल्लालाई एक करोडको जरिवाना पनि लगाएको छ । विशेष अदालतका न्यायाधीश केएम दवेले व्यापारी बिरजू सल्लालाई यो सजाय सुनाएका हुन् ।

यो घटना सन् २०१७ अक्टोबर ३० तारिखको हो । जेट एयरवेजको मुम्बई-दिल्ली फ्लाइटको शौचालयको टिस्यू पेपरमा अपहरणको नोट लेखेर छोडेका थिए । उनले नोटमा विमान पीओके ९पाकिस्तानले ओगटेको क्षेत्र० लैजाने लेखेका थिए ।

अदालतको एन्टी हाइज्याकिंग एक्ट २०१६ अनुसार, व्यापारी बिरजूलाई दोषी ठहर गरेको थियो । मंगलबार सजाय सुनाउँदै न्यायाधीशले एक करोडको जरिवाना विमान चालक दलका सदस्य र यात्रीहरुलाई बाँड्ने बताएको छ, जो त्यस दिन विमानमा सवार थिए ।

गिरफ्तारीपछि उनलाई ‘नेशनल नो फ्लाई लिस्ट’ मा राखिएको थियो, उनलाई कुनै पनि विमानको यात्रामा रोक लगाइएको थियो । उनीविरुद्ध कठोर विमान अपहरण रोधी कानुन २०१६ अनुसार मुद्दा दर्ता गरिएको थियो ।

बिरजूले अपराध स्वीकार गर्दै आफ्नी प्रेमिकालाई मुम्बई बोलाउनको लागि यस्तो हर्कत गरेको बताएका छन् । धम्कीपछि जेट एयरवेज दिल्लीमा कार्यरत आफ्नी प्रेमिका मुम्बई आउन् भन्ने मनसायका साथ उनले यो उपाय अपनाएका थिए ।

Advertisement

Advertisement

Advertisement