कांग्रेसले पनि बोल्यो– गुठी विधेयक तत्काल फिर्ता लेउ, सरकारको दोहोरो चरित्र कदापी स्वीकार्य छैन

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठी विधेयकको सडक आन्दोलनमा समर्थन जनाउँदै विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले गुठी विधेयकको विरुद्धमा सडकमा चलेको आन्देलनको कांग्रेसले समर्थन गर्दै विधेयक फिर्ता लिन सरकारसंग माग गरेका हुन्।

उनले नेपाल र नेपाली समाजको धार्मिक, सांस्कृति, सामाजिक मुल्य मान्यता र मौलिक पहिचानलाई नै समाप्त पार्ने गरि सरकारले विधेयक ल्याएको दाबी गरे । गुठी विधेयक फिर्ता नलिए गम्भीर परिस्थिति श्रृजना हुन सक्ने तर्फ समयमै सचेत नभए उत्पन्न गम्भीर परिस्थितिका लागि सरकार स्वयम जिम्मेवार हुनेतर्फ पनि उनले सचेत गराए।

प्रधानमन्त्रीले ‘सोचिने छ, विचार गरिने छ भन्ने ‘र सरकारकै प्रवक्ताले ‘सामन्ती अवशेष समाप्त पारि छाडिने’ भन्ने अभिव्यक्ति दिदै आएको भन्दै उनले ‘कुटे जस्तो र रोए जस्तो ’सरकारको दोहोरो चरित्र कदापी स्वीकार्य नहुने भन्दै विधेयक फिर्ता लिन माग गरे।

सभामुखले सोमबारको बैठक प्रारम्भ भएको जानकारी गराए लगत्तै नेपाली कांग्रेस र राजपाका सांसदहरुले उभिएर सभामुखको ध्यानाकर्षण गराएका थिए। त्यसपछि सभामुखले सांसद बडू र राजपाका सांसद लक्षमण लाल कर्णलाई बोल्नका लागि समय दिएका थिए।

Advertisement

Advertisement

Advertisement