मर्जरकोसमेत प्रस्ताव रालेर वर्ल्ड मर्चेन्ट बैंकिङले डाक्यो वार्षिक साधारण सभा

Advertisement

काठमाडौं वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले मर्जर तथा प्राप्तीमा जाने मुख्य प्रस्ताव राखेर असार २१ गते शनिबार एकैपटक दुई आर्थिक वर्षको साधारण सभा (एजीएम) डाकेको छ ।फाइनान्स कम्पनीले १६औं र १७औं वार्षिक साधारणसभा मोटल एभोकाडो एन्ड अर्किड रिसोर्ट हेटौंडामा आब्हान गरेको हो ।

सभामा फाइनान्सलाई अन्य उपयुक्त बैंक तथा वित्तिय संस्थासँग मर्जर तथा एक्वीजिशनमा जान डिडिए तथा संसोधन तथा आवश्यक परिमार्जनका लागि आवश्यक सम्पुर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव छ ।

त्यस्तै, साधारणसभामा कम्पनीले आफ्नो नाम परिवर्तन गर्ने र सोहि अनुसार प्रबन्धपत्र तथा नियमावलिमा संशोधन गर्ने विशेष प्रस्ताव लैजाँदै छ । फाइनान्सले एजीएम प्रयोजनको लागि असार १४ गतेदेखि साधारण सभासम्म बुकक्लोज गर्ने भएको छ । कायम सेयरधनीहरुले असार १३ गतेसम्म मात्र साधारण सभामा प्रतिनिधित्व जनाउन पाउनेछन्।

चालु आवको तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार निष्कृय कर्जा अनुपात शतप्रतिशत रहेकाले पनि अन्य कम्पनीसँग मर्जर तथा प्राप्तीमा सम्मिलित हुनुपर्ने बाध्यता फाइनान्समा देखा परेको हो।

Advertisement

Advertisement

Advertisement