मिठाई पसलमा आगलागी हुँदा आठ सिलिण्डर बिस्फोट, लाखौं रुपियाँको क्षति

Advertisement

धनुषा । जनकपुर उपमहानगरपालिका–२ स्थित एक मिष्ठान्न भण्डारमा बिहीबार बिहान आगलागी हुँदा लाखौं रुपियाँको क्षति भएको छ । स्थानीय गोविन्द मिष्ठान्न भण्डारबाट सुरु भएको आगलागीले अरु दुई पसलमा पनि फैलिएर क्षति पुगेको हो ।

बिहान उज्यालो नहुँदै भएको आगलागीका कारण आठ वटा सिलिण्डर विष्फोट भई आगोले ठूलो रुप लिएर क्षति धेरै भएको हो । तार सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ । जिल्ला प्रहरी कार्यालय, धनुषाका एसपी शेखर खनालका अनुसार सेना, प्रहरी र स्थानीय सबैको सहयोगमा बिहान ५ बजे आगो नियन्त्रण गरिएको थियो ।

आगलागी नियन्त्रण गर्न जनकपुर उपमहानगरपालिकाका दुई वटा र महेन्द्रनगरको एउटा दमकल पनि परिचालन गरिएको थियो । घट्नामा कुनै मानवीय क्षति भने हुन पाएन् ।

Advertisement

Advertisement

Advertisement