वीरगञ्ज चिनी कारखाना तत्काल सञ्चालन गर्नुपर्छ: सांसद यादव

Advertisement

काठमाडौं । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको विशेष समयमा सांसद रामबाबुकुमार यादवले वीरगञ्ज चिनी कारखाना तत्काल सञ्चालन गर्न माग गरेका छन्। उनले कारखाना सञ्चालन नहुँदा हजारौं मजदूर बेरोजगार हुनाका साथै उखु किसानलाई मर्का परेको जानकारी दिए ।

बैठकमा सांसद गङ्गा चौधरीले गुठी विधेयक फिर्ता लिएर सरकारले श्रमजीवी किसानवर्गको अधिकार खोसेको आरोप लगाएका छन् । सांसद शशी श्रेष्ठले ऊर्जा विकास तीव्र गतिमा हुनुपर्ने, डिला सङ्ग्रौलाले भष्टाचार कम हुन नसकेको र राजकिशोर यादवले सरकारले जनतालाई सुशासनको प्रत्याभूति दिन नसकेको आरोप लगाएका थिए।

त्यसैगरी, सांसद सञ्जयकुमार गौतम, हितबहादुर गुरुङ र सरिताकुमारी गिरीले गरिब, दलित, जनजाति तथा पिछडिएका जनताका अधिकारलाई सुनिश्चित गर्नाका लागि सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।

Advertisement

Advertisement

Advertisement