सिनामङ्गलमा दुर्घटना १७ यात्रु घाइते, दुई जनाको अवस्था गम्भीर

Advertisement

काठमाडौं । सिनामङ्गलमा बस र माइक्रोबस ठोक्किँदा १७ यात्रु घाइते भएका छन् । मंगलबार बिहान गौशालाबाट कोटेश्वर जाँदै गरेको बा ५ ख ५१०० को माइक्रोबस र कोटेश्वरबाट गौशाला जाँदै गरेको बा १ ज ९७६६ को बस एकापसमा ठोक्किँदा १७ यात्रु घाइते भएका हुन् ।

घाइतेमध्ये दुई गम्भीर रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविराज पौडेलले जानकारी दिए ।

घाइतेको सिनामङ्गलमा रहेको काठमाण्डौ मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते हुनेमा १३ पुरुष र चार महिला छन् । दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको महाशाखाले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement