चौतर्फी विरोध भएपछि आईफा अवार्ड नेपालमा नहुने

Advertisement

काठमाडौं । इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) काठमाडौंमा नहुने भएको छ । चौतर्फी विरोध भएपछि नेपाल सरकारले आइफा अवार्ड काठमाडौंमा गर्नबाट पछि हटेको पर्यटन बोर्डले जनाएको हो ।

सरकारले असार ८ गते मन्त्रिपरिषद बैठकबाट भारतीय फिल्म अवार्ड आइफा नेपालमा आयोजना गर्ने निर्णय गरेको थियो । यो अवार्ड कार्यक्रमका लागि काडमाडौं महानगरपालिकाले ४४ करोड रुपियाँको अनुदान दिने भनिएको थियो ।

सरकार नै आयोजक भएको भन्दै आइफाको आलोचना भएपछि आइफा नेपालमा आयोजना गर्न रोक्न प्रतिनिधिसभाको अन्तराष्ट्रिय सम्बन्ध समितिले मंगलबार निर्देशन दिएको थियो ।

Advertisement

Advertisement

Advertisement