राष्ट्रिय ट्रमा सेन्टरको सीटीस्क्यान मेसिन आठ महिनापछि सञ्‍चालन

Advertisement

काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरको सीटीस्क्यान मेसिन मंगलबारदेखि सञ्‍चालनमा आएको छ । आठ महिनादेखि बिग्रेर थन्किएको सीटीस्क्यान मेसिन बिग्रदा दैनिक सीटीस्क्यान गनुपर्ने विरामी उपचारका लागि अन्य अस्पताल जान बाध्य थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक करोड बजेट उपलब्ध गराएपछि सीटीस्क्यानको ट्युबलगायतको मर्मत गरिएपछि सञ्चालनमा आएको अस्पतालले जनाएको छ ।

बजेट अभाव हुँदा आठ महिनादेखि सीटीस्क्यान मेसिनको ट्युब बिग्रेर थन्किएको थियो ।मेसिन बिग्रिदा दैनिक २० देखि २५ जना बिरामी अन्य अस्पतालामा जान बाध्य थिए ।

Advertisement

Advertisement

Advertisement